Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगरनाथपुरमा हुने एमालेकाे सभा भव्य बनाउने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा एमाले प्रदेश नं. २ का नेताहरुकाे एक टाेलीले पर्साकाे जगरनाथपुरमा पुस ८ गते हुने बृहत पार्टी प्रबेश कार्यक्रमकाे स्थलगत अवलाेकन गरेका छन् ।

शुक्रबार वीरगंजका आएका नेताहरुले जगरनाथपुरमा हुने पार्टी प्रबेश कार्यक्रमको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा छलफल समेत गरेका थिए । वीरगंजकाे लिंक राेडस्थित कुमु प्यालेस हाेटलमा भएकाे छलफलमा जगरनाथपुरमा हुने पार्टी प्रबेश कार्यक्रमलाई भब्य बनाउने निर्णय समेत गरेका छन् ।

छलफल कार्यक्रममा एमालेका केन्द्रिय सचिब रघुबीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, नेताहरु लिलानाथ श्रेष्ठ, पुरुषोतम पौडेल, ज्वाला साह, अयच्युत मैनाली, प्रभु हजरा, राजकुमार गुप्ता, निर्मला देबकोटा, अरबिन्द सिंह, कल्पना कटुवाल, बलबरि चौधरी, बद्री प्रसाद न्यौपाने, सुमन प्याकुरेल, उद्धब रेग्मी लगायतकाे सहभागिता रहेको थियो ।

जिल्ला अध्यक्ष प्रभु हाजराकाे अध्यक्षतामा भएकाे छलफल कार्यक्रमकाे संचालन जिल्ला सचिव मनाेज गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...