Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

जबरजस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । जबरजस्ती करणी गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवाका १९ बर्षिय नितेश कुमार महतोलाई पक्राउ गरेकाे हाे ।

मंसिर २३ गते कलेज पढन जाने क्रममा जिल्ला पर्सा बहुदरमाई नगरपालिकाकाे वडा नं.४ टोल डकैलास्थित आफ्नो दिदीको घरकोठामा लगी मंसिर २६ गते सम्म पटक-पटक करणी गरेको अभियोगमा महताेलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

१ महिना देखि बारम्बार फोन गरी माया प्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई करणी गरेकाे भन्दै बालिकाकाे अभिभावकले मंसिर २८ गते दिएकाे जाहेरी दर्खास्तको आधारमा महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पिडितकाे अभिभावकले जाहेरी दिएकाे दिन मंगलबार नै आराेपित महताेलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...