Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

आफु एमाले प्रबेश गरेकाे छैन् : उपाध्यक्ष चाैधरी

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चाैधरीले आफु जनता समाजवादी पार्टी (जसपा) परित्याग नगरेकाे वताएकी छन् । उनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै  आफु कुनै पार्टीमा प्रबेश नगरेकाे वताएकी हुन् ।

तर साेमबार उनी काठमाडाैं बालकाेटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर एमालेमा प्रबेश गरेकाे तस्विर भाइरल भएकाे थियाे । उनीसंग एक वडाध्यक्षसहित ४ जना एमालेमा प्रबेश गरेकाे सामाचार पनि प्राप्त भएकाे थियाे ।

त्यसकाे भाेली पल्ट उपाध्यक्ष चाैधरीले प्रेस विज्ञप्ती जारी गर्दै आफु साेमबार आफ्नाे गाउँपालिकाकाे विकास निर्माणकाे सिसिलामा एमालेका अध्यक्ष ओलीसंग भेट मात्र गरेकाे वताउँदै त्यसलाई लिएर विभिन्न संचारमाध्यममा आएकाे समाचार प्रति आपती जनाएकी छन् ।

जसपा कसैले परित्याग गरकाे छैन् : सचिव अहमद

जसपा पर्साले पार्टी परित्याग कसैले नगरेकाे वताएकाे छ । एमाले प्रबेश गरेका जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ६ का वडाध्यक्ष अयाेध्या पटेल जसपामा नरहेकाे जसपा पर्साका सचिव तबरेज अहमदले वताए । जसपाबाट लाेसपा अलग हुने बेला मै पटेल लाेसपा राेजेका थिए ।

यस्तै, अर्का एमाले प्रबेश गरेका भनिएका रामबाबु चाैरसिया पनि जसपामा नरहेकाे सचिव अहमदले वताएका छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै उनी पनि पहिला नै लाेसपामा लागेकाेले जसपा परित्याग गरेकाे सामाचार प्रति आपती जनाएका छन् ।

अर्का एमाले प्रबेश गरेका भनिएका धामु शर्मा पनि जसपामा नरहेकाे सचिव अहमदले कालिका टाईम्ससंग कुरा गर्दै जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...