Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

आफु एमाले प्रबेश गरेकाे छैन् : उपाध्यक्ष चाैधरी

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चाैधरीले आफु जनता समाजवादी पार्टी (जसपा) परित्याग नगरेकाे वताएकी छन् । उनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै  आफु कुनै पार्टीमा प्रबेश नगरेकाे वताएकी हुन् ।

तर साेमबार उनी काठमाडाैं बालकाेटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर एमालेमा प्रबेश गरेकाे तस्विर भाइरल भएकाे थियाे । उनीसंग एक वडाध्यक्षसहित ४ जना एमालेमा प्रबेश गरेकाे सामाचार पनि प्राप्त भएकाे थियाे ।

त्यसकाे भाेली पल्ट उपाध्यक्ष चाैधरीले प्रेस विज्ञप्ती जारी गर्दै आफु साेमबार आफ्नाे गाउँपालिकाकाे विकास निर्माणकाे सिसिलामा एमालेका अध्यक्ष ओलीसंग भेट मात्र गरेकाे वताउँदै त्यसलाई लिएर विभिन्न संचारमाध्यममा आएकाे समाचार प्रति आपती जनाएकी छन् ।

जसपा कसैले परित्याग गरकाे छैन् : सचिव अहमद

जसपा पर्साले पार्टी परित्याग कसैले नगरेकाे वताएकाे छ । एमाले प्रबेश गरेका जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ६ का वडाध्यक्ष अयाेध्या पटेल जसपामा नरहेकाे जसपा पर्साका सचिव तबरेज अहमदले वताए । जसपाबाट लाेसपा अलग हुने बेला मै पटेल लाेसपा राेजेका थिए ।

यस्तै, अर्का एमाले प्रबेश गरेका भनिएका रामबाबु चाैरसिया पनि जसपामा नरहेकाे सचिव अहमदले वताएका छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै उनी पनि पहिला नै लाेसपामा लागेकाेले जसपा परित्याग गरेकाे सामाचार प्रति आपती जनाएका छन् ।

अर्का एमाले प्रबेश गरेका भनिएका धामु शर्मा पनि जसपामा नरहेकाे सचिव अहमदले कालिका टाईम्ससंग कुरा गर्दै जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...