Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेसकाे केन्द्रिय सदस्यमा नेता रिजाल निर्विराेध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे केन्द्रिय सदस्यमा रमेश रिजाल निर्विराेध निर्वाचित भएका छन् । काठमाडाैंमा जारी नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा प्रदेश २ बाट (खुल्ला) मा उम्मेदवारी दिएका नेता रिजाल निर्विराेध निर्वाचित भएका हुन् ।

प्रदेश नं. २ काे दुई जना खुल्ला पुरुष केन्द्रिय सदस्यकाे लागि ३ जनाले मनाेनयन दर्ता गराएका थिए । केन्द्रिय सदस्यकाे लागि रमेश रिजाल, आनन्द ढुंगाना र जंगीलाल राय उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये रायले आफ्नाे उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विराेध निर्वाचित भएकाे महाधिवेशन प्रतिनिधि नविन सिंहले जानकारी दिए । 

पर्सा क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका नेता रिजाल आफ्नाे निर्वाचन क्षेत्रमा क्षेत्रिय अधिवेशन पनि निर्विराेध गराउन सफल भएका थिए । पर्साका अन्य ३ निर्वाचन क्षेत्रमा चुनाव भए पनि क्षेत्र नं. ४ मा निर्विराेध क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...