Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेपाली कांग्रेसकाे केन्द्रिय सदस्यमा नेता रिजाल निर्विराेध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे केन्द्रिय सदस्यमा रमेश रिजाल निर्विराेध निर्वाचित भएका छन् । काठमाडाैंमा जारी नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा प्रदेश २ बाट (खुल्ला) मा उम्मेदवारी दिएका नेता रिजाल निर्विराेध निर्वाचित भएका हुन् ।

प्रदेश नं. २ काे दुई जना खुल्ला पुरुष केन्द्रिय सदस्यकाे लागि ३ जनाले मनाेनयन दर्ता गराएका थिए । केन्द्रिय सदस्यकाे लागि रमेश रिजाल, आनन्द ढुंगाना र जंगीलाल राय उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये रायले आफ्नाे उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विराेध निर्वाचित भएकाे महाधिवेशन प्रतिनिधि नविन सिंहले जानकारी दिए । 

पर्सा क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका नेता रिजाल आफ्नाे निर्वाचन क्षेत्रमा क्षेत्रिय अधिवेशन पनि निर्विराेध गराउन सफल भएका थिए । पर्साका अन्य ३ निर्वाचन क्षेत्रमा चुनाव भए पनि क्षेत्र नं. ४ मा निर्विराेध क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...