Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

३ दिने च्याऊ,तरकारी तथा फलफुल खेती तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । कृषि ज्ञान केन्द्र पर्साकाे आयोजनामा  ३ दिने युवा लक्षित शिप विकास क्षमता अभिवृद्धि व्यावसायिक च्याउ, तरकारी तथा फलफूल खेती तालिम बिहिवार सम्पन्न भएको छ।

निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने र विदेश पलायन हुने युवाहरुलाई स्वदेश मै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे कृषि ज्ञान केन्द्र वीरगंजका नि. प्रमुख मुनिलाल प्रसादले बताए ।

३ दिन सम्म चलेको तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई व्यवहारमा ल्याई जिविको पार्जनको रुपमा यस शिपलाई अगाडी बढाउन  उनले आग्रह गरे । नेपालका अधिकांश नागरिक कृषिमा नै आत्मनिर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न यस्ता तालिमहरुको भविष्यमा पनि गराउने  प्रमुख मुनिलालले बताए ।

तालिममा सहभागिहरुलाई आवशयक च्याउ खेती गर्न बिऊ, पलास्टि, किताब सहित  प्रमाणपत्र बाडिएको थियो। कृषि ज्ञान केन्द्रको प्रमुख मुन्नीलालकाे अध्यक्षतामा भएको कार्यक्रममा गणेश मिश्रले सहजिकरण तथा प्रशिक्षण गरेका थिए ।

जुन तालिममा पर्सा जिल्लाका १४ वटै पालिकाबाट किसानहरुको सहभागिता रहेको थयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...