Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

३ दिने च्याऊ,तरकारी तथा फलफुल खेती तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । कृषि ज्ञान केन्द्र पर्साकाे आयोजनामा  ३ दिने युवा लक्षित शिप विकास क्षमता अभिवृद्धि व्यावसायिक च्याउ, तरकारी तथा फलफूल खेती तालिम बिहिवार सम्पन्न भएको छ।

निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने र विदेश पलायन हुने युवाहरुलाई स्वदेश मै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे कृषि ज्ञान केन्द्र वीरगंजका नि. प्रमुख मुनिलाल प्रसादले बताए ।

३ दिन सम्म चलेको तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई व्यवहारमा ल्याई जिविको पार्जनको रुपमा यस शिपलाई अगाडी बढाउन  उनले आग्रह गरे । नेपालका अधिकांश नागरिक कृषिमा नै आत्मनिर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न यस्ता तालिमहरुको भविष्यमा पनि गराउने  प्रमुख मुनिलालले बताए ।

तालिममा सहभागिहरुलाई आवशयक च्याउ खेती गर्न बिऊ, पलास्टि, किताब सहित  प्रमाणपत्र बाडिएको थियो। कृषि ज्ञान केन्द्रको प्रमुख मुन्नीलालकाे अध्यक्षतामा भएको कार्यक्रममा गणेश मिश्रले सहजिकरण तथा प्रशिक्षण गरेका थिए ।

जुन तालिममा पर्सा जिल्लाका १४ वटै पालिकाबाट किसानहरुको सहभागिता रहेको थयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...