Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

बङ्गलादेशमा विद्यार्थीको हत्या आरोपमा संलग्न रहेको २० जनालाई मृत्युदण्ड

spot_img
spot_img

 बङ्गलादेशमा विद्यार्थीकाे हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिललाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

‘अदालतकाे फैसलाबाट म खुसी छु’, फैसलापछि अदालतबाहिर पत्रकारसँग फहादका बुबा बरकाट उल्लाहले भन्नुभयाे, ‘दाेषीहरूले सजाय छिट्टै पाउनेमा विश्वस्त छु ।’ 

मृत्युदण्डकाे सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नाेलाेजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...