Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

लागुऔषध नाईट्रोभेट ट्याब्लेट सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँ पालिकाबाट प्रहरीले अबैध लागुऔषध नाइट्रोभेट ट्याबलेट सहित एक जनालाइ पक्राउ गरेको छ ।

प्रहरी चौकी महादेव पटि बाट प्रहरी सहायक निरीक्षक ईन्दिबर चौधरीको नेतृत्वमा रहेको प्रहरी टोलिले नियमित चेकजाँचको क्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर १ को ओरिया खोलामा चेकजाँच गर्ने क्रममा ना २२ प ६८३५नम्बरको पलसर मोटरसाइकल मा सवार भइ भारतको भङ्गहाबाट आउदै गरेका जितपुरसिमरा उपमहानरपालिका वार्ड नम्बर ४ बस्ने हिर्दिया चौधरीको छोरा अन्दाजी बर्ष १९/२० को  बिकाश चौधरी पक्राउ परेका छन। 

उनकोको साथबाट प्रहरीले २५५ पिस नाइट्रोभेट ट्याबलेट बरामत गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो । पक्राउ गरिएका बिकास चौधरीलाई आवश्यक कार्वाहीको लागि मोटरसाइकल र लागुऔसध टयाबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

उच्च अदालत वीरगंजकाे ७१ प्रतिशत मुद्दा फर्छ्योट, पुराना मुद्दा पनि उल्लेख्य रूपमा घटे

वीरगंज । कर्मचारी अभाव, सीमित भौतिक पूर्वाधार र बढ्दो मुद्दाको चापबीच पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनमा...

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...