Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागुऔषध नाईट्रोभेट ट्याब्लेट सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँ पालिकाबाट प्रहरीले अबैध लागुऔषध नाइट्रोभेट ट्याबलेट सहित एक जनालाइ पक्राउ गरेको छ ।

प्रहरी चौकी महादेव पटि बाट प्रहरी सहायक निरीक्षक ईन्दिबर चौधरीको नेतृत्वमा रहेको प्रहरी टोलिले नियमित चेकजाँचको क्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर १ को ओरिया खोलामा चेकजाँच गर्ने क्रममा ना २२ प ६८३५नम्बरको पलसर मोटरसाइकल मा सवार भइ भारतको भङ्गहाबाट आउदै गरेका जितपुरसिमरा उपमहानरपालिका वार्ड नम्बर ४ बस्ने हिर्दिया चौधरीको छोरा अन्दाजी बर्ष १९/२० को  बिकाश चौधरी पक्राउ परेका छन। 

उनकोको साथबाट प्रहरीले २५५ पिस नाइट्रोभेट ट्याबलेट बरामत गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो । पक्राउ गरिएका बिकास चौधरीलाई आवश्यक कार्वाहीको लागि मोटरसाइकल र लागुऔसध टयाबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...