Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेता गद्दी माओवादी केन्द्रमा प्रवेश, एमालेमा लागेका दास पनि केन्द्रमै फर्के

spot_img
spot_img

वीरगंज ।  नेपाल संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक  इमदाद गद्दी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गत संघिय निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को संसदमा समेत प्रत्यासी भईसकेका गद्दी मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

 नेता गद्दी मंगलबार काठमाडाैंस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) निवास खुलमटारमा पुगी माओवादीमा प्रवेश गरेका हुन । उनलाई अध्यक्ष प्रचन्डले पार्टीमा स्वागत गरेका छन ।

त्यस्तै, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवसहित आधा दर्जन विधार्थी नेताहरु पुरानै घर फर्किएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले बनाईदिएपछि प्रभु साहसँगै एमालेमा लागेका अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताब बच्चन दास, विधार्थी नेता सुनिल रौनियार, आईटी आर्मी पर्साका अध्यक्ष संतोष पटेल, प्रदीप गुप्ता, मखन पटेल लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्रमै फर्किएका हुन् । 

 माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत भईसकेका दास माओवादी केन्द्रको सरकारको पालामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत भएका थिए । प्रभु साहसँगै एमालेमा लागेका दास एमालेको जिल्ला सदस्य, युवा परिषद पर्साका अध्यक्षको समेत जिम्मेवारीमा सम्हालीसकेका व्यक्ति हुन । 

उनिहरुलाई पनि माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले पार्टीमा स्वागत गरेका छन । सो अवसरमा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याल, सांसद शेख चादं तारा, पर्सा जिल्ला  ईन्चार्ज विजय महतो, जिल्ला अध्यक्ष रामदरस कुशवाहा, जिल्ला सदस्य प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...