Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

चिसो मौसममा खानैपर्ने खानेकुरा

चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ । पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार चिसोमा केही खानेकुरा खाली पेटमा खाने गर्नुपर्छ । यसले विभिन्न रोगहरूलाई कम गराउँछ । जसले दिनभर उर्जावान बनाउँछ । त्यसैले चिसो मौसममा नियमित रुपमा खाली पेटमा यी खानेकुरा सेवन गर्नुपर्छ । 

- Advertisement -

मेवा 
मेवा हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले पेटसम्बन्धी धेरै रोगहरु निको गर्छ । खाली पेटमा मेवा खानु उचित मानिन्छ । मेवा हरेक मौसम र स्थानमा पाइन्छ । यसलाई हामी सजिल्यै हाम्रो बिहानको खाजामा प्रयोग गर्न सक्छौँ । यसले कालेस्ट्रोल कम गर्छ । मुटुसम्बन्धी रोगहरु पनि टाढा राख्न भने तौल पनि नियन्त्रणमा राख्छ । 

मनतातो पानीसँग मह 
चिसो मौसममा हरेक बिहान खाली पेटमा मनतातो पानी र मह मिसाएर पिउने गर्नुपर्छ । महमा मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइम हुने भएकाले पेट सफा राख्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा पेटको सबै विषाक्त पदार्थहरु बाहिर निस्किन्छ । यसका साथै तौल कम गर्न पनि मद्दत मिल्छ । 

ओटमिल
ओटमिलभन्दा राम्रो बिहानको खाजामा अरु कुनै पनि हुँदैन । यदि तपाईं क्यालोरी र पोषक तत्व भरपुर भएको खानेकुरा खान चाहानुहुन्छ भने ओटमिल खाने गर्नुपर्छ । विषाक्ता पदार्थ बाहिर निकाल्न पनि यसले मद्दत गर्छ । यसले पेटलाई सफा राख्छ । ओटमिल खाँदा धेरै लामो समयसम्म भोक लाग्दैन । र तौल पनि नियन्त्रणमा रहन्छ । 

भिजाएको बदाम 
बदाममा म्यागाजिन, भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पाइन्छ । बदामलाई सधैं राति भिजाएर राख्ने र बिहान खाने गर्नुपर्छ । बदामको बोक्रामा ट्यानिन हुन्छ । जसले पोषक तत्वहरुको अवशोषणलाई रोक्छ । बदाम भिजाएर खाँदा सजिल्यै बोक्रा निस्किन्छ भने यसले शरीरलाई तातो पनि राख्छ । 

भिजाएको ओखर
बदामजस्तै ओखर पनि भिजाएर खाँदा फाइदाजनक हुन्छ । दिनको सुरुवातमा भिजाएको ओखर खाँदा पोषक तत्व प्राप्त हुन्छ । २ देखि ५ वटा भिजाएको ओखर बिहान खाने गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । 

ड्राई फ्रुट्स 
किशमिश, बदाम, पिस्ता आदि ड्राई फ्रुट्स खाँदा पेट सफा रहन्छ भने यसले स्वस्थ रहन पनि मद्दत गर्छ । 

ताजा अपडेट

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...