Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

चिसो मौसममा खानैपर्ने खानेकुरा

spot_img
spot_img

चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ । पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार चिसोमा केही खानेकुरा खाली पेटमा खाने गर्नुपर्छ । यसले विभिन्न रोगहरूलाई कम गराउँछ । जसले दिनभर उर्जावान बनाउँछ । त्यसैले चिसो मौसममा नियमित रुपमा खाली पेटमा यी खानेकुरा सेवन गर्नुपर्छ । 

मेवा 
मेवा हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले पेटसम्बन्धी धेरै रोगहरु निको गर्छ । खाली पेटमा मेवा खानु उचित मानिन्छ । मेवा हरेक मौसम र स्थानमा पाइन्छ । यसलाई हामी सजिल्यै हाम्रो बिहानको खाजामा प्रयोग गर्न सक्छौँ । यसले कालेस्ट्रोल कम गर्छ । मुटुसम्बन्धी रोगहरु पनि टाढा राख्न भने तौल पनि नियन्त्रणमा राख्छ । 

मनतातो पानीसँग मह 
चिसो मौसममा हरेक बिहान खाली पेटमा मनतातो पानी र मह मिसाएर पिउने गर्नुपर्छ । महमा मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइम हुने भएकाले पेट सफा राख्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा पेटको सबै विषाक्त पदार्थहरु बाहिर निस्किन्छ । यसका साथै तौल कम गर्न पनि मद्दत मिल्छ । 

ओटमिल
ओटमिलभन्दा राम्रो बिहानको खाजामा अरु कुनै पनि हुँदैन । यदि तपाईं क्यालोरी र पोषक तत्व भरपुर भएको खानेकुरा खान चाहानुहुन्छ भने ओटमिल खाने गर्नुपर्छ । विषाक्ता पदार्थ बाहिर निकाल्न पनि यसले मद्दत गर्छ । यसले पेटलाई सफा राख्छ । ओटमिल खाँदा धेरै लामो समयसम्म भोक लाग्दैन । र तौल पनि नियन्त्रणमा रहन्छ । 

भिजाएको बदाम 
बदाममा म्यागाजिन, भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पाइन्छ । बदामलाई सधैं राति भिजाएर राख्ने र बिहान खाने गर्नुपर्छ । बदामको बोक्रामा ट्यानिन हुन्छ । जसले पोषक तत्वहरुको अवशोषणलाई रोक्छ । बदाम भिजाएर खाँदा सजिल्यै बोक्रा निस्किन्छ भने यसले शरीरलाई तातो पनि राख्छ । 

भिजाएको ओखर
बदामजस्तै ओखर पनि भिजाएर खाँदा फाइदाजनक हुन्छ । दिनको सुरुवातमा भिजाएको ओखर खाँदा पोषक तत्व प्राप्त हुन्छ । २ देखि ५ वटा भिजाएको ओखर बिहान खाने गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । 

ड्राई फ्रुट्स 
किशमिश, बदाम, पिस्ता आदि ड्राई फ्रुट्स खाँदा पेट सफा रहन्छ भने यसले स्वस्थ रहन पनि मद्दत गर्छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...