Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्सामा जिल्ला स्तरिय हरवाचरवा अधिकार मंच गठन

spot_img
spot_img

वीरगंज । पर्सामा शनिबार जिल्ला स्तरिय हरवाचरवा मंच गठन भएकाे छ । मंचकाे प्रथम जिल्ला भेलाले अमरदेव पासवानको अध्यक्षतामा १५ सदस्यीय हरवाचरवा अधिकार मंच पर्सा गठन गरेको हो ।

जसको उपाध्यक्षमा उमापती माझी, सचीवमा खेदन माझी, सह-सचीवमा रिता देबी पासवान, कोषाध्यक्षमा सोभा देबी राम, सदस्यमा परमा पासवान, संजय पासवान लगायतका रहेका छन् । 

वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे भेलाकाे उद्घाटन प्रदेश सभा सदस्य प्रहलाद गिरीले गरेका थिए ।

भेलालाई सम्बाेधन गर्दै प्रदेश सांसद गिरीले दलित शब्द नै हटाउनु पर्नेमा जाेड दिए । उनले दलित शब्द कै कारण साईकलोजिकल अवसर पर्ने गरेकाे तर्क गर्दै दलित शब्द नै हटाउनु पर्ने वताए ।

दलित शब्दको बिकल्प खोज्नु पर्ने उनको भनाई थियो । उनले दलितको नाउमा आउने कोटा पनि हुने खानेले नै हडपेको बताउँदै त्यसलाई पनि शुधार गर्दै संगठित हुनु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद गिरीले पिछडिएका हरवा चरवाहरुको जीवन स्तर उकास्नका निम्ति प्रदेश सरकारलाई पहलकदमी लिन पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

अमरदेव पासवानको अध्यक्षतामा भएकाे भेलामा द फ्रिडम फण्डका प्रामर्शदाता एवं कनुनी सल्लाहकार बलराम भट्टराई, हरवा चरवा अधिकार मंचका केन्द्रीय अध्यक्ष दरसन मन्डल, सिरहा अध्यक्ष श्याम सुन्दर सदा, अगुवा दलित नेता प्रभु पासवान, शिक्षक रबि भुसन राम, समाजबादी प्रेस संगठन पर्साका नेता मनोज पटेल , राष्ट्रिय दलित नेटवर्कका टिम लिडर हुकुम सार्की, रुपनरायण पासवान लगायतले मन्तव्य ब्यक्त गरेका थिए भने  कार्यक्रमकाे संचालन सुशील हजराले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...