Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

तेस्राे मेयर कप क्रिकेट टुर्नामेन्टमा कालिकामाई विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा जारी तेस्राे मेयर कप टि २० क्रिकेट टुर्नामेन्टकाे शनिबार भएकाे फाइनल खेलमा कालिकामाई गाउँपालिका विजयी भएकाे छ । आयाेजक पाेखरिया नगरपालिकालाई हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे हाे ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ७ स्थित शेरा फिल्ड भएकाे टुर्नामेन्टकाे फाइनल खेलमा सुरुमा पाेखरियाले व्याटिङ गर्दै पुरै २० खेल्दै ८ विकेटकाे छतिमा ११३ रना बनाएकाे थियाे ।

त्यसपछि ११४ रनकाे लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेकाे कालिकामाईले १८ ओभर मै ७ विकेटकाे छतिमा लक्ष्य पुरा गर्दै विजयी भएकाे थियाे ।

टुर्नामेन्टका विजेता कालिकामाईलाई पुरस्कार राशी एक लाख ५१ हजारकाे चेक र ट्रफी प्रदान गरियाे भने उप विजेता पाेखरियालाई पुरस्कार राशी ८१ हजारकाे चेक र ट्रफि प्रदान गरी सम्मान गरिएकाे थियाे ।

पाेखरिया युवा समाजका भगवान दास तात्वाकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरीले विजेता टिम कालिकामाईका केप्तान जाबेद अख्तरलाई र उप विजेता टिम पाेखरियाका कप्तान शियानन्द चाैहान पुरस्कार राशीकाे चेक र ट्रफि हस्तान्तरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा लाेसपाका नेता नेजामुदिन सम्मानी, पाेखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशाेक काेइराला, कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साह, पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्र लगायतकाकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन सुजित गिरीले गरेका थिए ।

फाइन खेलकाे म्यान अफ द म्याच १८ बलमा ७ वटा छक्का र ४ वटा चाैकाकाे सहयाेगले ५५ रन बनाएका कालिकामाईका निमेश पटेल घाषित भएका थिए । टुर्नामेन्टकाेे बेस्ट ब्याटसमैन र म्यान अफ द सिरिज पाेखरियाका विकास दास घाेषित भएका थिए ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा टुर्नामेन्टमा प्रतियाेगिता भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...