Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

अजय साहकाे अध्यक्षतामा समाजवादी प्रेस संगठन बारा गठन

spot_img
spot_img

कलैया । नेकपा (एकीकृत समाजावादी) निकट समाजवादी प्रेस संगठन नेपालकाे बारा जिल्ला भेला आज (शनिबार) कलैयामा सम्पन्न भएको छ ।

सम्पन्न जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन गरेकाे छ । संगठनको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा रहेका छन् ।

यसैगरी, सदस्यमा अरुण मेहता, विनोद उप्रेती, रवि कुशवाहा, आफरोज अंसारी, भरत घिमिरे, विशेष गौतम, पवन विक, निरजकुमार गुप्ता, रामविनय साह, श्यामल गिरी, बिजय कुमार लगायतका रहेका छन् ।

संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठको अध्यक्षमा भएको भेलामा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने, पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु चमिना भट्टराई, विभा कार्की, छविलाल उप्रेती, केन्द्रीय सदस्य, बारा जिल्ला अध्यक्ष तथा प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा, प्रदेश २ का सांसद सीता गुरुङ, संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी, पार्टीका जिल्ला सदस्य ध्रुव यादव, रविन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...