Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

दलित मुक्ती संगठन पर्साकाे बैठक सम्पन्न, विभिन्न पालिकामा समिति विस्तार गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकटको नेपाल दलित मुक्ती संगठन पर्साको पदाधिकारी बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ ।

दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजराको अध्यक्षतामा वीरगंजमा सम्पन्न बैठकले मंसिर २५ गते पुर्ण जिल्ला कमिटीको बैठक र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पर्साका १४ वटा पालिकाहरुमा कमिटी गठन गर्न पदाधिकारीहरु बिच जिम्मेवारी भागबन्डा समेत गरेको छ ।

जस अनुसार वीरगंज महानगरपालिकामा मुकेश महरा, सुरेश महतो तत्वा र जयपती राम, पोखरिया नगरपालिका, छिपहरमाई, ठेारी, जिराभवानी, बिन्दवासनी गाउँपालिकामा सुशील हजरा, बहुदरमाई, पर्सागढि नगरपालिका, सखुवा प्रसाैनी, धोबनी, जगरनाथपुर, पटेरवा सुगौली गाउँपालिकामा अमरदेव पासवान, पकहामैनपुर र कालिकामाइ गाउँपालिकामा साधु रामलाई जिम्मेवारी दिइएको अध्यक्ष सुशील हजराले बताए ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्साका जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला सचिवालय सदस्य एवं मुक्ती संगठन पर्साका इन्चार्ज बृजलाला पासवान र मुक्ती संगठनका केन्द्रिय सदस्य मदन हजरा पासवानको विशेष उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...