Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

दलित मुक्ती संगठन पर्साकाे बैठक सम्पन्न, विभिन्न पालिकामा समिति विस्तार गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकटको नेपाल दलित मुक्ती संगठन पर्साको पदाधिकारी बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ ।

दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजराको अध्यक्षतामा वीरगंजमा सम्पन्न बैठकले मंसिर २५ गते पुर्ण जिल्ला कमिटीको बैठक र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पर्साका १४ वटा पालिकाहरुमा कमिटी गठन गर्न पदाधिकारीहरु बिच जिम्मेवारी भागबन्डा समेत गरेको छ ।

जस अनुसार वीरगंज महानगरपालिकामा मुकेश महरा, सुरेश महतो तत्वा र जयपती राम, पोखरिया नगरपालिका, छिपहरमाई, ठेारी, जिराभवानी, बिन्दवासनी गाउँपालिकामा सुशील हजरा, बहुदरमाई, पर्सागढि नगरपालिका, सखुवा प्रसाैनी, धोबनी, जगरनाथपुर, पटेरवा सुगौली गाउँपालिकामा अमरदेव पासवान, पकहामैनपुर र कालिकामाइ गाउँपालिकामा साधु रामलाई जिम्मेवारी दिइएको अध्यक्ष सुशील हजराले बताए ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्साका जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला सचिवालय सदस्य एवं मुक्ती संगठन पर्साका इन्चार्ज बृजलाला पासवान र मुक्ती संगठनका केन्द्रिय सदस्य मदन हजरा पासवानको विशेष उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...