Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

तेस्रो मेयर कप टुर्नामेन्ट : कालिकामाई र विन्दावसिनी विजयी

spot_img
spot_img

वीरगंज । पर्साको पोखरियामा जारी तेस्रो मेयर कप टी २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कालिकामाई गाउँपालिका र विन्दवासिनी गाउँपालिका विजयी भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा धोविनी गाउँपालिकालाई ८ विकेटले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएको हो । ३७ रन र एक विकेट लिएर कालिकामाईका जावेद आलम मैन अफ द मैच घोषित भएका थिए ।

यस्तै, सोही दिन भएको दोस्रो खेलमा जगरनाथपुर गाउँपालिकालाई ७ विकेटले हराउँदै विन्दावासिनी गाउँपालिका विजयी भएको आयोजक पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्रले बताए ।

टच जितेर ब्याटिङ रोजेको जगरनाथपुरले १५.३ ओभर खेल्दै पुरै विकेटको नोकसानीमा ८३ रन बनाएको थियो । त्यसपछि ८४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको विन्दवासिनीले ८ ओभरमै ३ विकेट क्षतिमा ८६ रन बनाई विजयी घोषित भएको थियो । ३७ रन र २ विकेट लिएर मैन अफ दी मैच अनुज चौरसिया भएका थिए ।

पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा पोखरिया नगरपालिकाको वडा नं. ६ स्थित शेरा फिल्डमा भईरहेको टुर्नामेन्ट प्रतियोगिताको विजेतालाई एक लाख ५० हजार र उप विजेतालाई ८१ हजार नगद र ट्रफी प्रदान गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...