Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

वीपिसि र नबिल बैंक बीच भएकाे समझदारी पत्रमा हस्ताक्षर

spot_img
spot_img

वीरगंज । वीरगंज पब्लिक कलेज र नबिल बैंक बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । वीरगंज पब्लिक कलेजको तर्फबाट कलेजका निर्देशक डा. दिपक शाक्य र नबिल बैंकको तर्फबाट बैंकका प्रदेश न.२ का प्रबन्धक सुलभ श्रेष्ठले हस्ताक्षर गरेको पत्र आदानप्रदान गरिएकाे थियो ।

स्थापनाकालदेखि नै आधारभुत शिक्षा संगसङै व्यवहारिक शिक्षा प्रदान गर्दै आईरहेको कलेजले अहिलेको समयमा व्यवसायिक एवं उधमशिलताका शिक्षाले मात्र देश अनि समाजलाई आर्थिक सब्बल बनाउन सक्छ भन्ने उदेश्यले विभिन्न व्यवसायिक एवं व्यवसाय योजना बनाउने तालिम प्रदान गर्दै आएकाे छ । नेपाल कै पहिलो निजि क्षेत्रको बैंक, नबिल बैंकको (CSR) Corporate Social Responsibility अन्तर्गत Nabil School of Social Entrepreneurs (NSSE) प्रदेश नं. २ को लागि कलेज र बैंक बीच एक कार्यक्रम बीच शुक्रबार आपसी समझदारी पत्रमा हस्ताक्षर गरिएको हाे ।

नेपालको सातै प्रदेशमा एकैदिन एकैपटक विभिन्न कलेजमा आपसी समझदारी भए अन्तर्गत प्रदेश न.२ मा वीरगंज पब्लिक कलेजले सो अवसर पाएको कलेजका संचालक डा. दिपक शाक्यले जानकारी दिए ।

यस कार्यक्रम अन्तर्गत प्रदेश प्रदेश न.२ का १८ देखि ६० बर्ष सम्मका उधमशिलतामा रुचि राख्ने र समाजलाई सकारात्मक योगदान गर्न चाहने व्यक्तिहरुलाई उधमशिलता तालिम दिने उदेश्यले Nabil School of social Entrepreneurship Certificate Course संचालन गरिने कलेजका निर्देशक प्रोफेसर डा. शाक्यले बताए ।

वीरगंज पब्लिक कलेज मै भएकाे समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा NYCF का अनुप अग्रवाल, नेबिल बैंक प्रदेश नं.२ का सुलभ श्रेष्ठ, नबिल बैंक वीरगंज शाखाका प्रबन्धक नितिन नन्दवाना, निशान्त प्रधान, मोहित रिजाल, सुमित टिबडेवाल, सुमित अग्र्वाल, बिपिसि कलेजका निर्देशक डा. दिपक शाक्य, क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठ, सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठ, कोडिनेटर बासु कर्ण लगायत व्यवसायि, उधमिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...