Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

जबरजस्ती करणी गरेकाे आराेपमा अन्सारी पक्राउ

spot_img
spot_img
वीरगंज । वालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.१ पिडारीगुठी निवासी २१ बर्षिय अब्दुल कादिर अन्सारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
स्थानिय १५ वर्षीय वालिकालाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरि दिने जस्ता अनेकौ किसिमका प्रलोभन देखाई मिति २०७८।०२।१० गते देखि मिति २०७८।०६।०६ गते सम्म जीराभवानी गाउँपालिकाकाे विभिन्न स्थान तथा खेतमा लगी पटकपटक जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
 
पीडितको अभिभावकले बुधबार दिएको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोही दिन ६ बजे निजको ठेगानाबाट आराेपति अन्सारीलाई नियन्त्रण लिइएकाे जनाएकाे छ । पक्राउ परेका अन्सारीमाथी जबरजस्ती करणी सम्बन्धी कसूरमा बिहिबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...