Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

मूल्य बृद्धिकाे विराेधमा वीरगंजमा माेटरसाइकल ठेलेर विराेध प्रदर्शन

spot_img
spot_img

वीरगंज । सतारुढ दल निकटकाे विद्धार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) पर्साले पेट्राेलियम पदार्थकाे मूल्य बृद्धिकाे विराेधमा वीरगंजमा माेटरसाइकल ठेलेर विराेध प्रदर्शान गरेकाे छ ।

वीरगंजकाे माइस्थान चाैकमा जम्मा भएका अनेरास्ववियूका नेताहरुले त्यहाँबाट माेटरसाइकल ठेलेर घण्टाघर चाैकमा पुगेका थिए । विराेध प्रदर्शनमा सहभागिहरुले भ्रष्ट आयल निगम मुर्दाबाद, पेट्राैलियम पदार्थकाे मूल्य बृद्धि खारेज गर लगायतका नाराहरु लगाएका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी) पर्साका जिल्ला अध्यक्ष कबिराज पटेलकाे अध्यक्षतामा भएकाे विराेध प्रदर्शनमा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य जुबेर आलम, जिल्ल सचीव सोहेब आलम, वीरगंज महानगर अध्यक्ष विवेक साह, सचीव मिरोज अहमद, एहसान अन्सारी लागायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...