Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

अध्यक्ष कप टि २० क्रिकेट टुर्नामेन्टकाे उपाधी कालिकामाईलाई

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा भएको अध्यक्ष कप टि २० क्रिकेट टुर्नामन्ट २०७८ को उपाधी कालिकामाई गाउँपालिकाले हात पारेको छ । टुर्नामेन्टको मंगलबार भएको फाईनल खेलमा छिपहरमाई गाउँपालिकालाई ३७ रनले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएको हो ।

टस जितेर छिपहरमाईले फिल्डिङ रोजएपछी सुरुमा कालिकामाई ब्याटिङ गरेको थियो । कालिकामाईले पुरै २० ओभर खेल्दै १८२ रन बनाएको थियो ।

त्यसपछि १८३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको छिपहरमाईले पुरै २० ओभर खेल्दै १४५ रनमा समेटिएपछी कालिकामाई विजयी घोषित भएको थियो ।

धोबिनी गाउँपालिकाको आयोजनामा भएको टुर्नामेन्टको विजेता कालिकामाई गाउँपालिकालाई प्रमुख प्रशासकिय अधिकृत राजु साहले पुरस्कार राशी ३० हजारको चेकसहित ट्रफि प्रदान गरेका थिए ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत साहले उप विजेता छिपहरमाई गाउँपालिकालाई पुरस्कार राशी २० हजारको चेकसहित ट्रफि प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले सानो प्रयास अर्थात टुर्नामेनटले खेलको विकासमा सहयोग पुग्ने विश्वासास ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका अधिकृत साहले स्थानिह स्तरमा आयोजना हुने खेलमा अनुशासित भई खेल्न खेलाडिहरुलाई आग्रह गरे । खेलमा खेलाडी अनुशाशीत नभए राम्रो गर्न नसक्ने उनको भनाई थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...