Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा वृहत पाेषण सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा स्वास्थकर्मीहरुको लागि ७ दिने वृहत पाेषण सम्बन्धि क्षमता अभिवृद्धि तालिम मंगलबारदेखी सुरु भएकाे छ ।

पर्सागढी नगरपालिका वडा नं. २ काे कार्यालयमा सुरु भएकाे तालिमकाे नगर प्रमुख लाेकनारायण यादवले उद्घाटन गरेका थिए । तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख यादवले अभिभावकहरुले बालबालिकाकाे स्वास्थ्य अवस्थाकाे साथ साथै पाेषणमा ध्यान दिनु पर्ने वताए । 

पर्सागढी नगरपालिकाकाे आयाेजनामा सुरु भएकाे तालिममा नगरपालिकका अनतर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकाे छ ।

तालिममा मातृ शिशु पोषण, उपचार लगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक परमानन्द यादव जनाकारी दिए ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, स्वास्थ्य संयोजक उमेश साह, स्वास्थ्य सहायक मनोज कुमार, वडाध्यक्ष बेदमन दास थारू, सचिव प्रमिला चौधरी लगायतका सहभागीता रहेको थियाे । कार्यक्रमको सहजिकरण गिरीराज कडेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...