Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

अमेरीकाका एक अर्बपतिमाथि मुद्दा : ५ सय महिलासँग यौन सम्बन्ध बनाएको आरोप

अमेरिकाका एक अर्बपति व्यापारी माइकल गोगुएनले यौन सम्बन्ध स्थापित गरेका ५ सय महिलाको सूची तयार पारेको आरोप लागेको छ । ५७ वर्षीय माइकल गोगुएनविरुद्ध उनका चार पूर्व कर्मचारीले मुद्दा दर्ता गरेका छन् । ती महिलाका अनुसार माइकलले आफ्नो ‘हरेम’ को रेखदेख गर्नमा उनीहरुसँग मद्दत मागेका थिए । ‘हरेम’ त्यो स्थानलाई भनिन्छ जहाँ एक वा सोभन्दा बढी महिला वा श्रीमती बस्छन् ।

- Advertisement -

यसअघि माइकल गोगुएनमाथि यौन शोषको आरोप पनि लागिसकेको छ । माइकल गोगुएन विवाहित हुन् र उनी दुई सन्तानका पिता पनि हुन् ।​ डेलीस्टारको रिपोर्ट अनुसार पूर्व कर्मचारीले १३५ पानाको मुद्दा दर्ता गरेर गोगुएन थुप्रै आलिसान र गोप्य घरका मालिक भएको आरोप लगाएका छन् । उनीहरुका अनुसार उनले त्यहि गोप्य घरमा युवतीलाई यौन सम्बन्ध स्थापित गर्नका लागि लिएर जान्थे ।

पूर्व कर्मचारीका अनुसार उनको बारको बेसमेन्टमा एउटा ‘बूम बूम’ कोठा पनि छ जसमा एउटा स्ट्रिपर पोल पनि छ । यो उनको अमेरिकी राज्य मोन्टानाको वाइटफिश स्थित घरमा छ जहाँ उनी अहिले पनि बस्ने गर्छन् ।

मुद्दामा दर्ता गरिए अनुसार म्याथ्यू मार्शल नामक एक पूर्व कर्मचारीले दाबी गरे अनुसार गोगुएनले उनका आफ्ना साथी ब्रायन नेशको हत्या गर्नका लागि भनेका थिए किनभने उनलाई गोगुएनबारे धेरै कुरा थाहा थियो । यसअघि उनकी पूर्व प्रेमिका एम्बर बेप्टिस्टले उनीमाथि सन् २०१६ मा ‘लगातार यौन शोषण’ गरेको आरोप लगाएकी थिइन् ।

गोगुएनको अमिनटोर ग्रुप एलएलसीका पूर्व कर्मचारीले उनीमाथि मुद्दा दर्ता गरेका थिए । आरोप लगाइए अनुसार उनले आफ्ना कर्मचारीसँग आफ्नो अफेयर्स लुकाउन मद्दत मागे ताकि यसलाई विरोधीबाट लुकाउन सकियोस् । यस्तै एक महिलाले प्रहरीलाई दिएको जानकारीमा उनलाई उनका बोसले १२ सय डलर दिनुअघि कोकिन र रक्सी खुवाएर यौन उत्पीडन गरेको आरोप लगाइन् ।

ताजा अपडेट

थप समाचार

ड्राइपाेर्टमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राईपोट सडकखण्डको सिताराम चौकमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भिर...

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा...