Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अमेरीकाका एक अर्बपतिमाथि मुद्दा : ५ सय महिलासँग यौन सम्बन्ध बनाएको आरोप

spot_img
spot_img

अमेरिकाका एक अर्बपति व्यापारी माइकल गोगुएनले यौन सम्बन्ध स्थापित गरेका ५ सय महिलाको सूची तयार पारेको आरोप लागेको छ । ५७ वर्षीय माइकल गोगुएनविरुद्ध उनका चार पूर्व कर्मचारीले मुद्दा दर्ता गरेका छन् । ती महिलाका अनुसार माइकलले आफ्नो ‘हरेम’ को रेखदेख गर्नमा उनीहरुसँग मद्दत मागेका थिए । ‘हरेम’ त्यो स्थानलाई भनिन्छ जहाँ एक वा सोभन्दा बढी महिला वा श्रीमती बस्छन् ।

यसअघि माइकल गोगुएनमाथि यौन शोषको आरोप पनि लागिसकेको छ । माइकल गोगुएन विवाहित हुन् र उनी दुई सन्तानका पिता पनि हुन् ।​ डेलीस्टारको रिपोर्ट अनुसार पूर्व कर्मचारीले १३५ पानाको मुद्दा दर्ता गरेर गोगुएन थुप्रै आलिसान र गोप्य घरका मालिक भएको आरोप लगाएका छन् । उनीहरुका अनुसार उनले त्यहि गोप्य घरमा युवतीलाई यौन सम्बन्ध स्थापित गर्नका लागि लिएर जान्थे ।

पूर्व कर्मचारीका अनुसार उनको बारको बेसमेन्टमा एउटा ‘बूम बूम’ कोठा पनि छ जसमा एउटा स्ट्रिपर पोल पनि छ । यो उनको अमेरिकी राज्य मोन्टानाको वाइटफिश स्थित घरमा छ जहाँ उनी अहिले पनि बस्ने गर्छन् ।

मुद्दामा दर्ता गरिए अनुसार म्याथ्यू मार्शल नामक एक पूर्व कर्मचारीले दाबी गरे अनुसार गोगुएनले उनका आफ्ना साथी ब्रायन नेशको हत्या गर्नका लागि भनेका थिए किनभने उनलाई गोगुएनबारे धेरै कुरा थाहा थियो । यसअघि उनकी पूर्व प्रेमिका एम्बर बेप्टिस्टले उनीमाथि सन् २०१६ मा ‘लगातार यौन शोषण’ गरेको आरोप लगाएकी थिइन् ।

गोगुएनको अमिनटोर ग्रुप एलएलसीका पूर्व कर्मचारीले उनीमाथि मुद्दा दर्ता गरेका थिए । आरोप लगाइए अनुसार उनले आफ्ना कर्मचारीसँग आफ्नो अफेयर्स लुकाउन मद्दत मागे ताकि यसलाई विरोधीबाट लुकाउन सकियोस् । यस्तै एक महिलाले प्रहरीलाई दिएको जानकारीमा उनलाई उनका बोसले १२ सय डलर दिनुअघि कोकिन र रक्सी खुवाएर यौन उत्पीडन गरेको आरोप लगाइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...