Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश–२ मा एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ

spot_img
spot_img

वीरगंज ।  नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर–२ सरकारमा सहभागी भएको छ । आइतबार बिहान नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीमा प्रमोद यादवलाई शपथ खुवाएका हुन् ।

अब प्रदेशमा चारदलीय गठबन्धनको सरकार भएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस तीन, नेकपा (एकीकृत समाजवादी) दुई र नेकपा (माओवादी केन्द्र) एक मन्त्रालयसहित सरकारमा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...