Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज २१ मा मुस्लिम युवाहरुकाे कमिटी गठन

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ मा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) निकट मुस्लिम युवा कमिटी गठन गरिएको छ। लाेसपा निकट मुस्लिम युवाहरुकाे एक भेलाले मेराज आलमकाे अध्यक्षतामा  १५ सदस्यीय मुस्लिम युवा कमिटी गठन गरेकाे लाेसपाका नेता मुकेश द्विवेदीले जानकारी दिए ।
 
जुन कमिटीकाे उपाध्यक्षमा कलाम आलम, सजीवमा फिरोज आलम, सह सचिवमा अरसद हुसैन, कोषाध्यक्षमा महमद आलम, सदस्यमा सम्सुल आलम, सरोज आलम, समजाद आलम, रबनेश आलम, सैफ अली, नसिब आलम, नवाब आलम, तब्रेजा आलम, आवास आलम, यीमरान आलम, बसिर आलम, सैयाद आलम, दिलसाद आलम, प्रविज आलम र सानिए आलम रहेका छन् ।
 
लोस्पाका स्थानिय नेता संजय मण्डलकाे अध्यक्षतामा भएकाे भेलामा लोसपा मुस्लिम विभागका अध्यक्ष वकील हावारी, नगर युवा अध्यक्ष राजु गुप्ता, लोसपाका युवा नेता अजय महतो, वडा नं २१ का युवा समितिका अध्यक्ष पुरुषोतम पटेल, रुपेश यादव, सिपलाल राम लगायतको उपस्थिती थियो भने कार्यक्रमको सहजीकरण कृष्णा पटेलले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...