Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

 वीरगञ्ज । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चाइल्ड हब नेपालले दिवसको अवसरमा वीरगञ्जस्थित त्रिजुद्ध महाविर प्रसाद रघुविर राम उच्च माद्यामिक विद्यालयमा आयोजना गरेको प्रतियोगिता सम्पन्न भएको हो ।

चाइल्ड हब नेपालका अध्यक्ष आमिर हवारीको अध्यक्षतामा भएको प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा श्रेया राय प्रथम, आदित्य चौरसिया द्वितिय र आयुषी तिवारी तृतिय भएका थिए । विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने सहभागी सबैजनालाई प्रमाण पत्र वितरण गरिएको चाइल्ड हब नेपालकी सहसचिव अनिता गिरीले जानकारी दिइन् ।

प्रतियोगितामा वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्य, रोयल एकेडेमीकी प्रबन्ध निर्देशक बिजया ओझैया र युवा अभियान्ता साथै नृसिँह माविका शिक्षक दिलिपराज कार्कीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको प्रभाव र न्युनिकरणका उपाय विषयक वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बालबालिकाको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि वक्तृत्वकला प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

समसामयिक विषयवस्तुको ज्ञान हुनु र त्यसको बारेमा आफ्नो धारणा व्यक्त गर्न सके सफल हुन कसैले नरोक्ने नगर प्रमुख सरावगीको भनाई छ ।

कार्यक्रममा त्रिजुद्ध स्कुलका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, सामाजिक अभियानता ओमप्रकाश सर्राफ, स्माईल डेन्टल क्लिनिकका निर्देशक डा. आमिर आलम, हेल्थ असिस्टेन्ट एम.डी. सैनुल्लाह हवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...