Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारतमा विवादित रहेका तीन कृषि कानुन खारेज गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

spot_img
spot_img

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीन कृषि कानुन खारेज गर्ने घोषणा गर्नु भएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यी तीन कानुन फिर्ता लिने घोषणा गर्नु भएको हो । कृषि क्षेत्रको सुधारका लागि भन्दै सरकारले यी कानुन ल्याए पछि किसानहरु एक वर्षभन्दा लामो समयदेखि लगातार आन्दोलनमा थिए।

प्रधानमन्त्री मोदीले यी कानुन खारेज गर्ने बताए पछि किसानका सङ्गठनहरुले यसलाई आफ्नो  विजयी भएको रुपमा लिएका छन् । मोदीले यो महिनाको अन्तिममा सुरु हुने संसद् बैठकमा विवादित कृषि कानुन खारेज गर्न संवैधानिक प्रक्रियाको पूरा गर्ने बताउनु भएको छ।

यस्तै, उहाँले आन्दोलनरत किसानलाई घर फर्किन पनि आग्रह गर्नु भएको छ । तर किसानका नेताले भने यी कानुन खारेज नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन्। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...