Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

भारतमा विवादित रहेका तीन कृषि कानुन खारेज गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीन कृषि कानुन खारेज गर्ने घोषणा गर्नु भएको छ ।

- Advertisement -

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यी तीन कानुन फिर्ता लिने घोषणा गर्नु भएको हो । कृषि क्षेत्रको सुधारका लागि भन्दै सरकारले यी कानुन ल्याए पछि किसानहरु एक वर्षभन्दा लामो समयदेखि लगातार आन्दोलनमा थिए।

प्रधानमन्त्री मोदीले यी कानुन खारेज गर्ने बताए पछि किसानका सङ्गठनहरुले यसलाई आफ्नो  विजयी भएको रुपमा लिएका छन् । मोदीले यो महिनाको अन्तिममा सुरु हुने संसद् बैठकमा विवादित कृषि कानुन खारेज गर्न संवैधानिक प्रक्रियाको पूरा गर्ने बताउनु भएको छ।

यस्तै, उहाँले आन्दोलनरत किसानलाई घर फर्किन पनि आग्रह गर्नु भएको छ । तर किसानका नेताले भने यी कानुन खारेज नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन्। 

ताजा अपडेट

थप समाचार

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा...

आफताब आलमलाई सफाई दिने न्यायाधीश थारुमाथि माेसाे प्रहार, ३ जना पक्राउ

वीरगंज । अफताब आलमलाई सफाई दिने उच्च अदालत वीरगंज, अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि सोमबार इजलासमै मोसो प्रहार भएको छ । धमेन्द्र बासतोला नेतृत्वको नेकपा...