Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पर्साको ग्रामीण भेगमा सातोमाईको मेला सुरु

spot_img
spot_img

जीराभवानी । पर्साको ग्रामीण भेगमा लाग्ने कात्तिक शुक्ल चतुर्दशीका सातोमाईका मेलाहरु आजबाट सुरु भएका छन् । जिल्ला वन कार्यालय अन्तर्गतका जंगलमा पांच वटा शक्तिपिठहरुमा लाग्ने मेला सुरु भएकाे हाे ।

ठोरी गाउँपालिकाकाे वडा नं. ५ मा रहेका बाघमोर्चा माई, जिराभवानी गाउँपालिका वडा नं. ५ मा रहेका सुगीभार माई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादी माई, पर्सागढी नगरपालिका वडा नं १ रहेका कोइलाभाई माई र पर्सागढी नगरपालिका वडा नं ३ मा रहेका आमोदेवी माईको मेला यसपाली भव्य रुप्ले लाग्ने जीराभवानी गाउँपालिका वडा नं. ५ सखुवनिया निवासी मुक्ति दास थारुले बताए ।

मेला लगाउने यसपाली प्रसानकाे बाधा अवराेध नरहेकाेले मेलाहरु धुमधमका साथ लाग्ने उनले बताए । बिहिबार चतुर्दशीका दिन मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गर्ने र शुक्रबार पूर्णिमाको दिन बली चढाई संस्कृति तथा परम्परालाई संरक्षण गर्ने थारुले बताए ।

मेलामा हाे हल्ला, जुवा, तास, जाड रक्सी पुर्ण रुप्ले बन्देज रहने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले वताए । यस सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय पर्साले मेला समितिलाई दिइ सकेको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...