Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अब सिंहदरबार केन्द्रित आन्दोलन हुन्छ : राजेन्द्र महतो

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले एकल नश्लवादी चिन्तन सोचलाई अन्त्य गर्नका लागि सिंहदरबार केन्द्रित मुक्ति आन्दोलन गर्नुपर्ने बताएका छन् ।

वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले आफूहरुको मुख्य लडाई भनेकै अधिकार, पहिचान, सुशासन, समृद्धिको लडाई भएको उल्लेख गर्दै अबको संघर्ष सिंहदरबार केन्द्रित हुने बताएका हुन् ।

उनले भने, ‘विगतको आन्दोलन मधेश केन्द्रित आन्दोलन भयो, तर सिंहदरबार केन्द्रित आन्दोलन नभएसम्म केही परिवर्तन हुँदैन । जनताले दुःख मात्रै पाउँछन् । यहाँ ६ महिना नाकाबन्दी भएपनि, जनता मरेपनि सिंह दरबारमा केही फरक परेन । यहाँका जनताले मात्रै दुःख पाउने भएकाले अबको आन्दोलन एकल आन्दोलन नभई हिमाल, पहाड तराई मुक्ति आन्दोलन हुनेछ । र यसको लागि नयाँ ढँगले तयारी भइरहेको छ ।’

उनले थप भने, ‘यो देश एकल राष्ट्रिय राज्यको चिन्तन एवं नश्लीय चिन्तन सोचबाट चलिरहेको छ । यो देश एकल जातीय देश होइन तर, यहाँ राज्यका अंगहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै एकल जातीय सोचबाट चलिरहेको छ ।’

यो देश बहुराष्ट्रिय देश भएकोले शासन र संविधान सबै नेपाली जनताको लागि हुनुपर्ने उनले बताए । ‘जबसम्म बहुराष्ट्रिय राज्यको रुपमा शासन र संविधान चलाइदैन, बनाइदैन तबसम्म यो देशका अँगहरुको दुरुपयोग भइरहन्छन्’, उनले भने, ‘काँग्रेस, एमाले, माओवादी तीनवटै पार्टी एउटै हो, काम एउटै हो । तर अनुहार मात्रै फरक छ । जनतालाई शोसन गर्ने, एकल चिन्तनमा संविधान बनाउने, जनतालाई गोली हानेर संविधान बनाउने यी सबै शासनकारी हुन् ।’

मधेशी जनताको भावनालाई आत्मसाथ गर्दै पार्टी एकता गरिएता पनि दुर्भाग्यवस उपेन्द्र यादवलाई नपचेको उनको भनाइ छ । उनले भने, ‘उनले आफ्नो पार्टीलाई बचाउनको लागि मधेशी पार्टीहरुको एकता गरेका थिए । जब उनको पार्टी एकता भयो तब उनले निर्वाचन आयोगमा गएर निवेदन दिएर पार्टी छुट्याउन लगाई मधेशको पार्टीलाई कमजोर पार्ने काम गरे ।’

मधेशी जनताको भावना विपरित काम गर्नेलाई मधेशी जनताले छोड्न नहुने उनको भनाइ छ ।

त्यस्तै उनले प्रदेश २ बारे बोल्दै प्रदेश सरकारको गतिविधिलाई अख्तियारले नियाली रहेको र अख्तियारको रिपोर्ट अनुसार सरकारले गल्ती गरेको पुष्टि भएको बताए । जसको जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताउँदै अनुसन्धानबाट दोषी देखिएमा आफ्नो नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ छ ।

प्रदेश राजधानीको सन्दर्भमा बोल्दै महतोले भने, ‘जनकपुरमा प्रदेश–२ को राजधानी तोकिएको हो । त्यो कुनै गलत भएको होइन तर, अस्थायी राजधानी मात्रै हो । भोलि वीरगंज स्थायी राजधानी पनि हुनसक्छ । त्यसैले हामीले यसबारे केही बोल्नु छैन ।’

त्यस्तै महतोले मुलुकको न्यायालयको प्रसङ्गमा भने, ‘दुर्भाग्यबस हाम्रो देशको न्यायालयबाट सर्वसाधारणहरुको विश्वास उठ्दै गएकोले यो देश असफल भएको छ । जुन देशमा आम जनताको न्यायालयप्रतिको भरोसा उठ्छ, त्यो देश असफल हुन जान्छ ।दुर्भाग्यपूर्ण अवस्था हाम्रो देशमा पनि देखिएको छ ।’

वीरगंज नगर सभा गृहमा भएको पत्रकार सम्मेलनमा प्रतिनिधी सभा सदस्य एवम् लोसपाका नेता लक्षमण लाल कर्ण, प्रदेश सांसद रमेश कुर्मी, नेता नेजामुदिन समानी, पुरुषोतम झा, शिव पटेल, ओम प्रकाश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...