Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

अध्यक्षकप टुर्नामेन्ट : धाेबिनी र सखुवा प्रसाैनी विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा जारी अध्यक्षकप टि २० क्रिकेट टुर्नामेन्टकाे आइतबार भएकाे दाेस्राे खेलमा आयाेजक धाेबिनी गाउँपालिका विजयी भएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे आयाेजनामा भइरहेकाे टुर्नामेन्टमा बहुदरमाई नगरपालिकालाई ६८ रनले हराउँदै धाेबिनी गाउँपालिका विजयी भएकाे हाे ।

टच जितेर बहुदरमाईले फिल्डिङ राेजेपछि सुरुमा बैटिङ गरेकाे धाेबिनीले ४ विकेटकाे नाेक्सानीमा १६ ओभर खेल्दै  १५७ रन बनाएकाे थियाे ।

त्यसपछि १५८ रनकाे लक्ष्य पुरा गर्न जवाफी बैटिङमा उत्रेकाे बहुदरमाईले १५ ओभर मै पुरैं विकेटकाे नाेक्सानीमा ८९ रनमा समेटिए पछि धाेविनी विजयी घाेषित भएकाे थियाे ।

साे खेलकाे म्यान अफ द म्याज नट आउटमा अर्ध सतक बनाएका धाेबिनी कै राकेश पटेल भएका थिए ।

यस्तै, आजै भएकाे पहिलाे खेलमा बिन्दवासिनी गाउँपालिकालाई हराउँदै सखुवा प्रसाैनी गाउँपालिका विजयी भएकाे धाेबिनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलले जानकारी दिए ।  

आइतबारकाे खेलमा धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. १ का वडाध्यक्ष ललन राउत कुर्मी, कार्यपालिका सदस्य दिपक सर्राफ, याेजना शाखा प्रमुख पप्पु पटेल, इन्जिनियर रविभुषण पटेल, स्वास्थ्य संयाेजक संजय यादव लगायत सयाैं दर्शककाे उपस्थिती रहेकाे थियाे । 

धाेबिनी गाउँपालिकाकाे वडा नं. ३ गुलरियामा जारी टुर्मामेन्टकाे गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी उद्घाटन गरेका थिए ।

यस अघि भएकाे पहिलाे दिनकाे उद्घाटन खेलमा पनि आयाेजक धाेबिनी गाउँपालिका विजयी भएकाे थियाे भने दाेस्राे दिन शनिबार भएकाे पहिलाे खेलमा कालिकामाई गाउँपालिका र दाेस्राे खेलमा बहुदरमाई नगरपालिका विजयी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...