Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरी चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।
 
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ निवासी २२ बर्षिय कैलाश महताे, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी २२ बर्षिय विनयराज शर्मा र फेटा गाउँपालिका वडा नं. ३ निवासी २० बर्षिय रविन कुमार साह रहेका छन् ।
 
भारत विहार पश्चिम चम्पारण जिल्ला वेतिया थाना ईनर्वा ग्राम भटकौल सक्रौल वडा नं.९ बस्ने वर्ष ६५ को अरुण कुमार चौरसियाको नाममा दर्ता रहेका BR22AT 9326 नम्बरको Royal Enfield मोटरसाइकल कात्तिक १२ गते चाेरी भएकाे थियाे ।
 
वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ बाबा होटलको प्यासेज भित्र पार्किङ गरी राखिएको अवस्थाबाट माेटरसाइकल चोरी भएको जानकारी प्राप्त हुनासाथ गरिएको सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मंगलबार खटिएकाे प्रहरीले साे मोटरसाइकलमा बा.८२ प ६४६० नम्बरको नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा फेला पारी चोरीमा संलग्न तिनै जनालाई पक्राउ गरिएकाे जनाएकाे छ ।
 
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ भानु चोकबाट चाेरीमा सलंग्न तिनै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...