Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरी चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।
 
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ निवासी २२ बर्षिय कैलाश महताे, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी २२ बर्षिय विनयराज शर्मा र फेटा गाउँपालिका वडा नं. ३ निवासी २० बर्षिय रविन कुमार साह रहेका छन् ।
 
भारत विहार पश्चिम चम्पारण जिल्ला वेतिया थाना ईनर्वा ग्राम भटकौल सक्रौल वडा नं.९ बस्ने वर्ष ६५ को अरुण कुमार चौरसियाको नाममा दर्ता रहेका BR22AT 9326 नम्बरको Royal Enfield मोटरसाइकल कात्तिक १२ गते चाेरी भएकाे थियाे ।
 
वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ बाबा होटलको प्यासेज भित्र पार्किङ गरी राखिएको अवस्थाबाट माेटरसाइकल चोरी भएको जानकारी प्राप्त हुनासाथ गरिएको सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मंगलबार खटिएकाे प्रहरीले साे मोटरसाइकलमा बा.८२ प ६४६० नम्बरको नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा फेला पारी चोरीमा संलग्न तिनै जनालाई पक्राउ गरिएकाे जनाएकाे छ ।
 
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ भानु चोकबाट चाेरीमा सलंग्न तिनै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...