Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

देशलाई निकास दिन निर्वाचनको विकल्प छैन् : नेता साेनल

spot_img
spot_img

वीरगंज । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहियामा शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)को दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी लोसपाका नेता तथा पूर्व मन्त्री जितेन्द्र सोनलले शुभकामना दिदै मधेशको हक, अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भएको बताए । उनले आफू र आफ्नो पार्टीले लामो समयदेखि मधेश र मधेशी जनताकाे हक, अधिकारको लडाई लडदै आएको र आफुहरुले अधिकार नपाएसम्म लडिरहने वताए ।

मन्त्री सोनलले अहिलेको गठबन्धनको सरकारले देशको लोकतन्त्रलाई धरापमा पारेको र यो सरकारले कुनैपनि निकास दिन नसक्ने आराेप लगाउँदै देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको बताए ।

उनले आफू मन्त्री हुँदा प्रदेश नं. २ को हरेक जिल्ला, क्षेत्र र पालिकहरुमा विकास भएको दाबी गरे । उनले नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका पार्टीहरू मधेशी जनतासंग विश्वास घात गरेको र आउने निर्वाचनमा लोसपा देश कै नं. १ पार्टी बन्ने दाबी गरे ।

मन्त्री सोनलले आफूहरु आउने दिनहरुमा मधेशमा ठूला ठूला विश्वविद्यालय, खेल मैदान, रोजगारीको व्यवस्था लगायतका कार्यक्रमहरु ल्याएर जनताकाे जीवन स्तरलाई माथी उकास्ने उदघाेष गरे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य रामएकबाल मियाँले केन्द्रदेखि लिएर प्रदेश र स्थानीय तहमा बिकाशको लहर ल्याउन एकमात्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भएको वताए ।

गाउँपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापती नवल किशोर सिंह, नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य पिंकी यादव, परवानीपुर गाउँपालिका प्रमुख हरिनारायण साह, पार्टीका नेता मदन प्रसाद साह, घनश्याम गिरी, सीताराम प्रसाद गुप्ता, फिरोज आलम लगायतले शुभकमना मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्रसौनी गाउँपालिकाकी उपप्रमुख गिता साहले राखेकी थिइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...