Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एकीकृत समाजवादीको वीरगंजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीको आयोजनामा शनिबार वीरगंजमा दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
पदम पार्टी प्यालेसमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले संविधानकाे रक्षाको लागि प्रतिगमनको बिरोधमा बिद्रोह गरेको बताए । उनले नेकपा एमालेमा ब्यक्तिबादी हाबी हुँदै गाएको र त्यसले लोकतान्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजबादी पार्टी बनाउनु परेको वताए ।
 
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले धेरै चाडो एकीकृत समाजवादि प्रदेश सरकारमा सहभागी हुने वताए । उनले एकीकृत समाजबादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी भईरहेको वताए ।
 
जुन पार्टीमा ब्यक्ति बादि हाभी हुन्छ त्यो पार्टी लोकतान्त्रिक हुदैन बताउदै मुख्यमन्त्री राउतले त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भबिस्य रहेको वताए ।
 
एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न . २ का खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगंज माहानगरपालिकाकी उप मेयर शान्ती कार्की, नेकपा एकीकृत समाजबादीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, दिनेश राई, चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा, लेखा आयोग सदस्य किशोरी कुशवाहा, उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष दिना गुप्ता, सचीव श्याम पटेल, नेता रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका नेताहरु बाबुराम कौसिक, रामबाबु बैठा, जसपाका पर्साका सचिव तबरेज अहमद, लोसपाका नेताहरु नेजामुदिन समानी, पुरुशोतम झा, ओमप्रकश सराफ, उधोगिहरु अशोक टेमानी, लोहियाबादी पार्टीका केन्द्रिय अध्यक्ष नन्दन यादव लगाएतको उपस्थिती रहेको थियो ।
 
कार्यक्रमको संचालन एकीकृत समाजवादीका वीरगंज माहानगर सचीव बृजलाल पासवानले गरेका थिए भने अतिथिहरुलाई स्वागत उपाध्यक्ष मन्जुर आलमले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...