Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

भोजपुरी प्रतिष्ठानको प्रथम पूर्ण सभा

spot_img
spot_img

वीरगंज । भोजपुरी प्रतिष्ठान वीरगंजको प्रथम पुर्ण सभा सम्पन्न भएको छ । वीरगंजको नगरसभा गृहमा भएको सभाको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष उमाशंकर दुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप–मेयर शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, भोजपुरी भाषा बिद् गोपाल ठाकुर, भोजपुरी प्रतिष्ठानका सल्लाहकार वरिष्ट साहित्यकार गोपाल अस्क, दिनेश गुप्ता, वरिष्ठ पत्रकार चन्द्र किसोर झा, भारतको रक्सौलका वरिष्ठ साहित्यकार हरेन्द्र हिमकर, भोजपुरी अभियानकर्ता आन्नद गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नाटककार रामचन्द्र चतुर्वेदी,उपन्यासकार एवं साहित्यकार नागेन्द्र प्रसाद कानु, निबन्धकार रामचन्द्र बर्णवाल, कबि र कथाकार माधव प्रसाद गौतम लगायतकालाई सम्मान समेत गरिएको थियो ।

सभाको बन्द सत्रमा प्रतिष्ठानको नीति तथा कार्यक्रम बारे छलफल भएको प्रतिस्ठानका सदस्य अजय कुमार चौरसियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...