Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

जबरजस्ती करणी आराेपमा ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३८ को जाहिर अन्सारीलाई पक्राउ गरेकाे छ ।
 
अन्सारीले बारा घर भई उच्च शिक्षाको लागि बीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि बीरगञ्ज नगरका विभिन्न स्थानमा पटकपटक करणी गरेको प्रहरीले जनाएकाे छ ।
 
सो क्रममा निजले आफ्नो मोबाइलले अश्लील फोटो र भिडियो खिचेको र निजले मिति २०७८।०६।२७ गते राति २२.०० बजे पीडित एक्लै भएको मौका छोपी पीडितको डेराकोठामा गई अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने भनी डरत्रास देखाई अनुचित दबाबमा पारी जबरजस्ती करणी गरेको पीडित युवतीकाे आराेप छ ।
 
पिडितले बिहिबार दिएकी जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोही दिन सांझ ५ बजे बीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित भारतीय कन्सुलर कार्यालय अगाडिबाट अन्सारीलाई नियन्त्रणमा लिएकाे हाे ।
 
पक्राउ परेका अन्सारीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
 
यस्तै, प्रहरीले १६ बर्षिय बालिकालाई जबरजस्ती करणीकाे प्रयास गरेकाे आराेपमा दुई जनालाई पक्राउ गरेकाे छ ।
 
बीरगंज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
कात्तिक ९ गते विहान ६:०० बजे पीडित १६ वर्षीया बालिका ट्युसन पढ्न जाने क्रममा बाटो ढुकी निजको हात समाती जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी आवाज बाहिर नसुनियोस् भन्ने उद्देश्यले ठूलो आवाजमा गीत घन्काई भित्रबाट चुकुल लगाई पीडितको लुगा खोली जबरजस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीमार्फत अभिभावकलाई खबर भएपश्चात् करणी गर्न नपाएकोले काननूनबमोजिम कारबाही गरिपाऊँ भन्ने अभिभावकले दिएको जाहेरीकाे आधारमा प्रहरीले दुबै जनालाई पक्राउ गरेकाे हाे ।
 
पिडित अभिभावकले बिहिबार दिएकाे जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोही दिन सांझ ६ बजे दुबै जनालाई पक्राउ गरी जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...