Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

कर्मचारी संगठनकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साको आयोजनामा शुक्रबार वीरगंजमा तिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती पर्साका समन्वय अधिकारी छविरमण भट्टराईले कर्मचारी समायोजन ए‍ेनमा भएको कमजोरीहरु अदालतले हटाईरहेको वताए । उनले कार्यालय प्रमुख, लेखापालको साथ साथै अहिले प्राविधिक शाखामा काम गर्ने ईन्जिनियरहरु पनि टार्जेटमा रहेको वताए ।

साथै उनले संघियता आएदेखी कर्मचारीको मर्यादामा गिरावट आएकोले कर्मचारीहरु पनि सजग हुन जरुरी रहेकाे सुझाव दिए ।

नेपाल निजामती कर्मचारी युनियन संघका उपाध्यक्ष मनोज तिवारीले कर्मचारी समायोजन ए‍ेन कर्मचारी बिरोधी रहेको वताए । उनले अहिले आधिकारी ट्रेड युनियनकाे नेतृत्व गरिरहेकाे र एक नम्बरमा रहेको संगठनले त्यसकाे बिराेध गर्ने निर्णय लिएकाे खण्डमा साथ दिने र खारेज हुने समेत वताए ।

उनले कर्मचारीहरु त्यसकाे विराेध गर्न एक हुन आव्हान समेत गरे । कर्मचारीहरु एक भएको खण्डमा पनि हालको सराकारले नसुने कर्मचारी समायोजन ए‍ेनको बिरोधमा सडकमा आउनु पर्ने उनकाे भनाई थियाे ।

आधिकारी कर्मचारी ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादवले कर्मचारी संगठनहरु राजनितिक दलहरुसंग अलग रहनु पर्ने धारणा राखे । उनले कर्मचारीकाे हितकाे लागि सधै ट्रेड युनियनले काम गरेकाे वताउँदै विगतकाे दिन केही भएकाे कमीकमजाेरीलाई पुन: सच्याउँदै काम गर्ने प्रतिबद्धता जनाए । 

निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले सस्तो लोकप्रियताकाे लागि कर्मचारीहरु टार्जेट हुने गरेको वताए । उनले भने “अहिले मात्र होई, पहिला पनि कर्मचारीहरु सफ्ट टार्जेटमा आउने गरेका थिए । त्यही भएर संगठन र कर्मचारीमा एकरुपता हुन जरुरी छ ।” 

धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले कर्मचारीमाथी चाैतर्फी वार भइरहेकाे वताए । उनले कर्मचारीहरुमाथी भइरहेकाे वारकाे विराेधमा संगठनहरुले काम गर्नु पर्ने धारण राखे ।

निजमती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरिको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी युनियन संघका केन्द्रिय सदस्य अजलाल कर्ण, पुर्व केन्द्रिय स्दस्य विजय गुप्ता, आधिकारिक ट्रेड युनियन पर्साका कोषाध्यक्ष ध्रुव प्रसाद चौरसिया, जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकारी सरोज चौधरी, पटेर्वा सुगौली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत संदेश यादव, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, नेपाल राष्ट्रिय कर्मचारी संगठनका सुभाष गुप्ता लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कर्मचारी संगठन पर्साका सचिव संताेष यादवले संचालन गरेको कार्यक्रममा कर्मचारी संगठनकी सदस्य निसा दहालले स्वागत मन्तव्य राखेकी थिइन ।

जिल्ला समन्वय समिती पर्सा नजिक रहेको कर्मचारी संगठनकाे भवनमा भएको कार्यक्रममा भ्रखर सकेको वडा दशै, बकरिद र आउन लागेकाे तिहार र छठ पर्वको शुभकामना आदनप्रदान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने

वीरगंज । रसुवा र नुवाकोटमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग...

‘८४ मा महिला पहिला’ विषयमा प्यानल छलफल गर्दै मध्य नेपालकाे ११औँ वार्षिकोत्सव सम्पन्न

वीरगंज । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको...