Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

विश्वविद्यालय सम्बन्धी अध्यादेश छिटै पारित हुन्छ : मुख्यमन्त्री राउत

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम साइकल वितरणमा विरोधीहरुको आँखा लागेको टिप्पणी गर्नुभएको छ ।

पर्साको विन्दवासिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम लोकप्रिय भएका कारण विरोधीहरुले भ्रम फैलाएको आरोप लगाए । उनले उक्त भ्रममा नपर्न पनि जनताहरुलाई आग्रह समेत गरे ।

साथै मुख्यमन्त्री राउतले मंगलवार मात्रै सिफारिस गरिएको वीरगंज प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश छिटै पारित गरेर विश्वविद्यालय निर्माणको काम थालनी गर्ने प्रतिबद्धता पनि जनाए । संघियता आउनुपूर्व देशको अवस्था र संघियतापश्चातको अवस्थालाई तुलना गर्ने हो भने संघियताको देन स्पष्ट हुने राउतको भनाई थियाे ।

जसपाका नेता एवम् पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित निलम्बित सांसद हरिनारायण रौनियारले शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ताहरुको विकासमा सरकार गम्भिर रहेको बताए । उनले क्षेत्र नम्बर ३ मा पनि उल्लेख्य विकास निर्माणका कामहरु भएको जिकिर गर्दै क्षेत्र नम्बर ३ उद्योगी व्यवसायीहरुको नजरमा परेको धारणा राखे ।

उद्योग कलकारखानाहरु प्नि खुल्ने क्रम बढ्दै गएको उल्लेख गर्दै नेता रौनियारले रोजगारका अवसरहरु पनि सृजना हुने बताए ।

जसपा क्षेत्र नम्बर ३ का अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अब्दुल रहिम अन्सारी, करिमा बेगम, जन्नत अन्सारी, सिँगासन साह कलवार, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पकहा मैनपुर गाउँपालिका अध्यक्ष बिजय चाैरसिया, विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, प्रदेश समिति सदस्य गौरीशंकर साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले स्वागत मन्तव्य राखेकी कार्यक्रमकाे सहजिकरण संघिय शिक्षक फोरम विन्दासिनी गाउाँलिकाका अध्यक्ष मुकलेश गद्दीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...