Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अब सामाजिक क्रान्तिमा लागाैं : नेता रिजाल

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं‍‍. ५ भिस्वामा नेपाली कांग्रेसकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । वडा समितिकाे आयाेजनामा भएकाे दिपावली तथा छठ पर्वकाे शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दे नेपाली का‌ंग्रेसका केन्द्रिय सदस्य रमेश रिजाले निर्वाचनकाे तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले अब चाँडै स्थानिय वा संघ, प्रदेशकाे निर्वाचन हुन सक्ने वताउँदै निर्वाचनकाे तयारी लाग्न आग्रह गरे ।

उनले मुलुकमा समाजिक क्रान्तिकाे आवश्यकता समेत औल्याए । समाजमा रहेकाे कुरुती हटाउन समाजिक क्रान्तिकाे आवश्यकता रहेकाे बताउँदै नेता रिजालले देशमा जुन सुके संकटकाे सामाधान कांग्रेसले नै गरेकाे दाबी गर्दै नेपाली कांग्रेसकाे विकल्प नरहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले जनताकाे सेवा गर्न कांग्रेसकाे धर्म भएकाे वताए । चुनावमा हार जित जे भए पनि निस्वार्थ भावनाले गरिब जनताकाे सेवा लाग्न उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

साथै निर्वाचित जनप्रतिनिधिले गरेकाे गलत कामकाे जनता माझ लग्नुकाे साथै त्यस्ता जनप्रतिनिधिलाई जनता माझ नंग्याउनु समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव किशोरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अहमद, श्याम पटेल, रामेश्वर महतो लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...