Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अब सामाजिक क्रान्तिमा लागाैं : नेता रिजाल

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं‍‍. ५ भिस्वामा नेपाली कांग्रेसकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । वडा समितिकाे आयाेजनामा भएकाे दिपावली तथा छठ पर्वकाे शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दे नेपाली का‌ंग्रेसका केन्द्रिय सदस्य रमेश रिजाले निर्वाचनकाे तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले अब चाँडै स्थानिय वा संघ, प्रदेशकाे निर्वाचन हुन सक्ने वताउँदै निर्वाचनकाे तयारी लाग्न आग्रह गरे ।

उनले मुलुकमा समाजिक क्रान्तिकाे आवश्यकता समेत औल्याए । समाजमा रहेकाे कुरुती हटाउन समाजिक क्रान्तिकाे आवश्यकता रहेकाे बताउँदै नेता रिजालले देशमा जुन सुके संकटकाे सामाधान कांग्रेसले नै गरेकाे दाबी गर्दै नेपाली कांग्रेसकाे विकल्प नरहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले जनताकाे सेवा गर्न कांग्रेसकाे धर्म भएकाे वताए । चुनावमा हार जित जे भए पनि निस्वार्थ भावनाले गरिब जनताकाे सेवा लाग्न उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

साथै निर्वाचित जनप्रतिनिधिले गरेकाे गलत कामकाे जनता माझ लग्नुकाे साथै त्यस्ता जनप्रतिनिधिलाई जनता माझ नंग्याउनु समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव किशोरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अहमद, श्याम पटेल, रामेश्वर महतो लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...