Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रिक्त स्थानहरुमा उपचुनाव गराउन प्रभु साहकाे माग

spot_img
spot_img
वीरगंज । प्रत्यक्ष निर्वाचित संघिय सांसद र प्रदेश संसदको पद रिक्त भएकाे स्थानहरुमा यथासिघ्र उपचुनाव गराउन पूर्व मन्त्री प्रभु साहले माग गरेका छन् । उनले आफ्नाे आधिकारिक फेसबुकमा एक स्टेटस लेख्दै यस्ताे माग गरेका हुन् ।
 
उनले प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउँदै मेरो निर्वाचन क्षेत्र लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन आयोग र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दुखको विषय मात्र नभई देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको सिधा/ठाडो बरखिलाफ एवं उपहास हाे । लेखेका छन् ।
 
नेकपा एमालेका नेता समेत रहेका साहले आफ्नै चुनावी प्रतिबद्धता एवं जनादेश विपरीत कांग्रेसको पुच्छर बन्नेर उल्टै हामीमाथि कथित दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाउने र लोकतन्त्रमा पनि जनताको अदालतबाट तर्सिने लेख्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) माथी आक्राेश समेत पनि पाेखेका छन् ।
 
नेता साहले जनतालाई यत्रो लामोसमयसम्म पनि औपचारिक रुपमा जनप्रतिनिधि विहिन बनाई राख्ने निर्वाचन आयोग र अहिलेको अपवित्र गठबन्धनको सरकारको यो अक्षम्य अपराध हो ल्ख्दै तसर्थ, यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न अथवा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग जोडदार माग गरेका छन् ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...