Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रिक्त स्थानहरुमा उपचुनाव गराउन प्रभु साहकाे माग

spot_img
spot_img
वीरगंज । प्रत्यक्ष निर्वाचित संघिय सांसद र प्रदेश संसदको पद रिक्त भएकाे स्थानहरुमा यथासिघ्र उपचुनाव गराउन पूर्व मन्त्री प्रभु साहले माग गरेका छन् । उनले आफ्नाे आधिकारिक फेसबुकमा एक स्टेटस लेख्दै यस्ताे माग गरेका हुन् ।
 
उनले प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउँदै मेरो निर्वाचन क्षेत्र लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन आयोग र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दुखको विषय मात्र नभई देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको सिधा/ठाडो बरखिलाफ एवं उपहास हाे । लेखेका छन् ।
 
नेकपा एमालेका नेता समेत रहेका साहले आफ्नै चुनावी प्रतिबद्धता एवं जनादेश विपरीत कांग्रेसको पुच्छर बन्नेर उल्टै हामीमाथि कथित दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाउने र लोकतन्त्रमा पनि जनताको अदालतबाट तर्सिने लेख्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) माथी आक्राेश समेत पनि पाेखेका छन् ।
 
नेता साहले जनतालाई यत्रो लामोसमयसम्म पनि औपचारिक रुपमा जनप्रतिनिधि विहिन बनाई राख्ने निर्वाचन आयोग र अहिलेको अपवित्र गठबन्धनको सरकारको यो अक्षम्य अपराध हो ल्ख्दै तसर्थ, यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न अथवा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग जोडदार माग गरेका छन् ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...