Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

अन्तर एफएम रेडियो व्याडमिन्टन प्रतियोगितामा आयाेजक नारायणी एफएम विजयी

spot_img
spot_img

वीरगंज । अन्तर एफएम रेडियो व्याडमिन्टन प्रतियोगिताको उपाधी आयोजक सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले जितेको छ । नारायणी एफ.एमको १६ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधी आयोजक नारायणी एफएमले नै जितेको हो ।

फाइनलमा रेडियो विन्दासलाइ २–० को सोझो सेटमा पराजित गर्दै नारायणी एफएमले उपाधी उचालेको हो । उपाधी विजेता नारायणी एफएमले पहिलो चरणमा आवाज एफएमलाई र सेमीफाइनलमा रेडियो सान्भीलाई पराजित गरेको थियो ।

यस्तै, प्रतियोगिताको उपविजेता रेडियो बिन्दास भएको छ । तेश्रो स्थान भने रेडियो सान्भीले हासील गरेको छ । तेश्रो स्थानका लागि भएको खेलमा रेडियो समग्र मधेसलाइ २–० को सोझो सेटमा पराजित गर्दै रेडियो सान्भी तेश्रो भएको हो ।

पर्सा जिल्लामा सन्चालित ८ वटा एफएम रेडियोहरु सहभागी प्रतियोगिताको विजेता, उपविजेता र तेश्रो भएका टिमलाई यहि कात्तिक १२ गते नारायणी एफएमको वार्षिक उत्सवका अवसरमा आयोजित विशेष समारोहमा पुरस्कार वितरण गरिने नारायणी एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।

यसअघि साेमबार बिहान जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहलमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजरा र नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जाराले संयुक्त रुपमा गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...