Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

अमानविय ब्यवहार विरुद्ध वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । खानेपानी तथा ढल व्यवस्थापन आयाेजना कार्यालय, जनकपुरका प्रमुख ई‍. राजेश कुशवाहामाथी भएकाे अमानवीय ब्यवहारकाे विरुद्धमा आइतबार वीरगंजमा इन्जिनियरहरुले प्रदर्शन गरेका छन् ।

इन्जिनियरहरुले वीरगंजकाे घण्टाघरमा जम्मा भई दाेषीलाई कारवाही गर, पिडितलाई न्याय देउ, सिके राउत मुर्दाबाद, सिके चाेर देश छाेड लगायतकाे नारा लगाउँदै नगर परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

जनकपुरमा सिके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताहरुद्वारा इन्जिनियर कुशवाहामाथी भएकाे अमानविय ब्यवहारकाे विरुद्धमा प्रदर्शन गरिएकाे नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन पर्साका अध्यक्ष ई. बन्टी चाैरसियाले वताए । उनले अमानविय ब्यवहार गर्ने दाेषीमाथी कारवाही गर्न माग समेत गरे ।

नेपाल इन्जिनियर्स एशाेसिएसन वीरगंजकाे आयाेजनामा भएकाे प्रदर्शन वीरगंजकाे घण्टाघरबाट सुरु भई महाईस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घण्टाघरमा पुगी सम्पन्न भएकाे इन्जिनियर रबि भुषण पटेलले जानकारी दिए ।

प्रदर्शनमा इन्जिनियरहरुले हाथमा कालाे पट्टी बाँधेर सहभागि भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...