Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

एकीकृत समाजवादीकाे कार्य विभाजनमा पर्साका ६ नेतालाई अवसर

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरुको कार्यविभाजन गरेको छ ।

पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेकाे स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन समेत टुङ्गो लगाएको हो । 

पार्टीले गरेकाे ३३५ नेताकाे कार्य विभाजनमा पर्साबाट ६ जना परेका छन् ।

जसअनुसार पर्साबाट पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरी वन तथा बाताबरण र स्वास्थ्य विभाग प्रमुखकाे जिम्मेवारी पाएका छन् ।

यस्तै, पर्साबाट पार्टीका पाेलिट ब्युराे सदस्य रामचन्द्र साहलाई पर्साका इन्चार्ज, पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला सह इन्चार्ज र चिरन्जिवी अर्चाय केन्द्रिय सदस्य एवम् वीरगंज महानगर इन्चार्ज भएका छन् 

यस्तै, पर्सा कै पुष्पा कर्ण वैकल्पिक केन्द्रिय सदस्य एवम् राष्ट्रिय हित सुरक्षा प्रर्वधन विभाग प्रमुख, प्रदेश सदस्य किशाेरी कुशवाहा लेखा परिक्षण आयाेग सदस्यका जिम्मेवारी पाएका छन् ।

यस्तै, पर्साबाट ३ जना पार्टीकाे केन्द्रिय सल्लाहकार समितिमा समेत परेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...