Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एकीकृत समाजवादीकाे कार्य विभाजनमा पर्साका ६ नेतालाई अवसर

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरुको कार्यविभाजन गरेको छ ।

पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेकाे स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन समेत टुङ्गो लगाएको हो । 

पार्टीले गरेकाे ३३५ नेताकाे कार्य विभाजनमा पर्साबाट ६ जना परेका छन् ।

जसअनुसार पर्साबाट पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरी वन तथा बाताबरण र स्वास्थ्य विभाग प्रमुखकाे जिम्मेवारी पाएका छन् ।

यस्तै, पर्साबाट पार्टीका पाेलिट ब्युराे सदस्य रामचन्द्र साहलाई पर्साका इन्चार्ज, पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला सह इन्चार्ज र चिरन्जिवी अर्चाय केन्द्रिय सदस्य एवम् वीरगंज महानगर इन्चार्ज भएका छन् 

यस्तै, पर्सा कै पुष्पा कर्ण वैकल्पिक केन्द्रिय सदस्य एवम् राष्ट्रिय हित सुरक्षा प्रर्वधन विभाग प्रमुख, प्रदेश सदस्य किशाेरी कुशवाहा लेखा परिक्षण आयाेग सदस्यका जिम्मेवारी पाएका छन् ।

यस्तै, पर्साबाट ३ जना पार्टीकाे केन्द्रिय सल्लाहकार समितिमा समेत परेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...