Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

दुर्गा पुजाकाे अवसरमा नरहीमा मेला

spot_img
spot_img

वीरगंज । बाराकाे करैयामाई गाउँपालिका वडा न‌ं. ८ नरही बजारमा मेला लागेकाे छ । दुर्गा पुजाकाे अवसरमा एकदशी (शनिबार)देखी लागेकाे मेलाकाे उद्घाटन संघ सरकारकाे वन तथा बातावरण मन्त्री रामसहाय  यादवले गरेका थिए ।

पूर्वकालदेखी लाग्दै आएकाे मेला यस बर्ष पनि आयाेजना गरिएकाे वडाध्यक्ष सुरेन्द्र साह साेनारले वताए । काेराेना भाइरस संक्रमणका कारण दुई बर्ष लाग्न नसकेकाे मेला यस बर्ष लागेपछि भिडभाड बढेकाे उनले वताए ।

३ दिन सम्म लाग्ने मेलामा मनाेरंजनकाे लागि सांस्कृति कार्यक्रम अन्तर्गत नाच गान पनि हुँदै आएकाे छ । मेलास्थल मै दिन र रातिकाे समयमा हुँदै आएकाे नाच हेर्न सयाैं महिला र पुरुषहरुकाे उपस्थिती हुने गरेकाे वडाध्यक्ष साेनारले वताए ।

 मेलाकाे शान्ति सुरक्षाकाे दर्जनाैकाे संख्यामा नेपाल प्रहरी खटिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई तेलीको निधन

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक निधन भएको छ । बहुदरमाई नगरपालिका–६ निवासी...

ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख युवराज कटुवालको सरुवा, दीपेन्द्र श्रेष्ठ आउने

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ५०९ जना...