Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले चाेरीकाे माेटरसाइकलसहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ३ निवासी २३ बर्षिय माेहम्द आशिक र साेही ठाउँ निवासी आनिष हवारीलाई पक्राउ गरेकाे हाे ।

मिति २०७८।०६।१३ गते राती ८:४५ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१५ चालिस फिट्टे सडक अगाडिबाट चाेरी भएकाे साेही ठाउँ निवासी रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

चोरी भएकोमा सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा उक्त माेटरसाइकल खोजतलास तथा अनुसन्धानको क्रममा प्रहरी चौकीबाट खटिएको टोलीले आइतबार सांझ ५:३० बजे उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली दुबै जनाले चलाइरहेको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ बसपार्कबाट माेटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले वताए ।

साथै; मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरूले नक्कली साँचो बनाई सजिलैसंग मोटरसाइकल चोरी गर्ने गरेको पाइएकोले आ आफ्नो मोटरसाइकल डिस्क लक लगाउन र सुरक्षित स्थानमा पार्क गर्न समेत जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...