Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले चाेरीकाे माेटरसाइकलसहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ३ निवासी २३ बर्षिय माेहम्द आशिक र साेही ठाउँ निवासी आनिष हवारीलाई पक्राउ गरेकाे हाे ।

मिति २०७८।०६।१३ गते राती ८:४५ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१५ चालिस फिट्टे सडक अगाडिबाट चाेरी भएकाे साेही ठाउँ निवासी रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

चोरी भएकोमा सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा उक्त माेटरसाइकल खोजतलास तथा अनुसन्धानको क्रममा प्रहरी चौकीबाट खटिएको टोलीले आइतबार सांझ ५:३० बजे उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली दुबै जनाले चलाइरहेको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ बसपार्कबाट माेटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले वताए ।

साथै; मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरूले नक्कली साँचो बनाई सजिलैसंग मोटरसाइकल चोरी गर्ने गरेको पाइएकोले आ आफ्नो मोटरसाइकल डिस्क लक लगाउन र सुरक्षित स्थानमा पार्क गर्न समेत जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...