Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

परवानीपुरमा युवा संघकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१, परवानीपुरमा शनिबार नेकपा (एकिकृत समाजवादी) निकट युवा संघ नेपालको वडा स्तरीय कमिटी गठन भएकाे छ ।

परवानीपुरको ताजपुर टोलमा भएकाे युवा संघकाे भेलाले अनिल कुश्वहाको अध्यक्षाता ८३ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे ।जुन कमिटीकाे उपाध्यक्षमा संदीप पटेल, सचिवमा सुमन पटेल, सह सचिवमा अनिल शर्मा लगायतका चयन भएकाे युवा संघ पर्साका इन्चार्ज अनल पटेलले जानकारी दिए ।

युवा संघ पर्साका जिल्ला कमिटी सदस्य आनिष पटेलको अध्यक्षता र नेकपा (एकिकृत समजवादी) का केन्द्रिय सचिव नागेन्द्र चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा पार्टीका जिल्ला अध्यक्ष बाल गोपाल थापा, जिल्ला सदस्य जलेन्धर पटेल, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मंजूर आलम, सचिव बृजलाल पासवान, युवा संघ पर्साका इन्चार्ज अनिल पटेल, युवा संघ पर्साका उपाध्यक्ष श्री लाल कुशवाहा,वीरगंज २१ काे पार्टीका वडा कमिटीका अध्यक्ष राज महमद, धर्मशिला कुशवाहा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिन्दुहरुकाे महान पर्व शुभ दिपावली र छठ पर्वकाे शुभकामना अदानप्रदान पनि गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...