Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

उपेन्द्र यादवकाे बिराेधमा वीरगंजमा दाेस्राे दिन पनि प्रदर्शन

spot_img
spot_img

वीरगन्ज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले शनिबार दाेस्राे दिन पनि वीरगन्जमा प्रदर्शन गरेका छन् ।  शनिबार दिउँसो वीरगन्जमा सांसद यादव निकटका कार्यकर्ता र समर्थकहरुले कालो झण्डासहितको मोटरसाइकल जुलुश निकालेका हुन्। 

मोटरसाइकल जुलुशले नगर परिक्रमा गरेपछि घण्टाघर चोकमा सांसद यादवका सर्मथकहरुले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि दहन गरेका थिए । उनीहरुले उपेन्द्रको विरोधमा चक्राे नाराबाजी गर्दै उनलाई पर्सा जिल्ला र वीरगंज प्रवेश गर्न नदिने चेतावनी समेत दिए ।

प्रदर्शनमा सहभागी जसपाका युवा नेता गौरव बर्माले भने विरोध प्रदर्शन कार्यक्रम पार्टीको कार्यक्रम नभई सांसद प्रदीप यादवका समर्थकहरु आफैले गरेको बताए । उनले भने,‘ उपेन्द्रले धेरै पटक पर्सा र वीरगंजलाई ठग्दै आएका छन्, यसपाली पनि मधेसकै लोकप्रिय सांसद प्रदीप यादवलाई अन्तिम समयमा आएर मन्त्री बनाएनन्, उपेन्द्र काला नाग हुन्, उनलाई वीरगन्ज छिर्न दिइन्न।’

सांसद यादवका कार्यकर्ताले शुक्रबार साँझ पनि वीरगन्जमा केन्द्रीय अध्यक्ष यादवको पुत्ला र पार्टी कार्यालयको साइन बोर्डमा आगो लगाएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...