Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईका स्वास्थ्य चाैकीहरुमा औषधी अभाव

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीहरुमा औषधी अभाव भएको छ । विगत ३ महिनादेखी गाउँपालिकाको पांच वटै वडाका स्वास्थ्य चौकीहरुमा औषधी अभाव भएको स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

स्वास्थ्य चौकीहरुबाट निशुल्क रुपमा पाउने ३५ किसिमको औषधीहरु मध्ये परासिटामल समेत नरहेको स्वास्थ्यकर्मीहरुले वताएका छन् । अहिले कोरोना विरुद्धको खोप दिने कार्य भइरहेको छ । खोप लिएका प्राय जसोलाई ज्वरो आउने गरेको छ । ज्वरो आएकाहरु स्वास्थ्य चौकीहरुमा परासिटामलका लागि पुग्दा पनि पाउन नसकेको स्थानियहरुले वताएका छन् ।

यस बिषयमा आफुहरु गाउँपालिकामा सम्पर्क गर्दा झारो टार्ने काम मात्र भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको लापरवाहीले स्वास्थ्य चौकीहरुमा औषधीहरु अभाव भएको स्थानियहरुकाे भनाई छ ।

करिब एक महिनादेखी स्वास्थ्य चौकीहरुमा औषधी अभाव भएको बारे आफु पनि जानकारी प्राप्त भएको गाउँपालिका स्वास्थ्य संयोजक योगेन्द्र चौरसियाले वताए । औषधी खरिद गर्ने प्रक्रियामा रहेको र दशैं सके लगतै स्वास्थ्य चौकीहरुमा औषधी अभावको समस्या समाधान संयोजक चौरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...