Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले शनिबार विहान चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।
 
प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२ छप्कैयाका २४ बर्षिय अरमान देवान, ३० बर्षिय सदाम अन्सारी र साेही ठाउँका २७ बर्षिय सहमत अन्सारीलाई पक्राउ गरेकाे हाे । 
 
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१० स्थित प्रभु बैंक अगाडिबाट चाेरी भएकाे वीरगंज महानगरपालिकाकाे वडा नं.१५ का विवेक कुमार यादवको ना. ४८ प.९३६९ नम्बर भएको १५० सि.सि.को अपाचे मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
 
चोरी भएको मोटरसाइकलसहित चोरीमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...