Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एचएसएसका संभाग प्रचारक सेन्चुरीकाे निधन, वीरगंजमा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज । हिन्दु स्वंयसेवक संघ नेपालका संभाग प्रचारक राधेश्याम सेन्चुरीकाे भएको असामयिक निधन प्रति हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषद नेपालले बुधबार सांझ वीरगंजमा दिप प्रज्वलीत गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।

वीरगंजकाे घण्टाघर चोकमा हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषदका कार्यकर्ताहरुले सेन्चुरीकाे तस्बीरमा माल्यार्पण तथा मैनबति बालेर दिप प्रज्वलीत गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा परिषदका राष्ट्रिय सचिव धनश्याम नायक, नगर अध्यक्ष पल्लवी हरलाल्का, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, जानकी प्रदेश छात्रा प्रमुख सुष्मा तिवारी, संघका जनकपुर सम्भाग रन्जित साह लगायतले सेन्चुरीकाे असमायिक निधन प्रति शोक अर्पण गर्दै उनले समाज र राष्ट्रको लागि पु¥याएको योगदान बारे चर्चा गरेका थिए ।

सेन्चुरी हिन्दु स्वयंसेवक संघ नेपालको विराटनगर संभाग प्रचारक रही नेपालगंज संभाग प्रचारकको योजनामा आफनो दायित्व निर्वाह गर्दै आएका थिए । उनले संगठन, समाज र राष्ट्रका लागि पु¥याएको योगदान कहिल्ये विर्सने नसकिने स्वयंसेवकहरु बताउँछन ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल प्रदेश १ र २ को संगठन सचिवकाे रुपमा समेत काम गरीसकेका सेन्चुरीको मंगलबार राती सुति रहेको बेला उनको निधन भएको थियो । चिकित्सकले हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि समेत गरीसकेको छ ।

उनकाे असामयिक दुःखद निधन भएको खवरले संघ परिवारलाई शोकसंतप्त स्तब्ध बनाएको संघले जनाएकाे छ । हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषदका कार्यकर्ताहरुले उनको आत्मले स्वर्गमा बास पाओस र भगवान पशुपतिनाथ सँग कोटि–कोटी प्रार्थना गर्दै शोकसंतप्त परिवारजन एवं आत्मीय सम्पुर्ण चित–परिचितहरुलाई धैर्यधारण गर्न शक्ने शक्ति प्राप्त होस भन्दै भावपुर्ण समवेदना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...