Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा (एकीकृत समाजवदी)काे वीरगंज महानगर भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काे वीरगंज महानगर भेला शनिबार सम्पन्न भएकाे छ । राेयल पार्टी प्यालेसमा भएकाे भेलाकाे उद्घाटन पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीले गरेका थिए ।

नगर भेलालाई सम्बाेधन गर्दै सचिव चाैधरीले दलाल पुंजिवादकाे पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागेपछि पार्टी भित्र बिद्राेह गर्नु परेकाे वताए । उनले कम्युनिष्ट पार्टी र जनताकाे मुख्य सत्रुकाे पक्षमा नै केपी ओली नेतृत्वकाे पार्टी लागेपछि बिद्राेह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बनाउनु परेकाे वताए ।

उनले भने  “कम्युनिष्ट पार्टीमा व्यक्ति प्रधान हुँदैन, निति र संगठन प्रधान हुन्छ । तर अहिले एमालेमा व्यक्ति प्रधान भएका छन् । केपी ओलीले जे भन्छन्, त्यही हुन्छ ।” त्यही भएर एमाले कम्युनिष्ट पार्टी रहेने, त्यसैले नयाँ र सच्चा कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बनाउनु परेकाे वताए ।

भेलाका प्रमुख अतिथी समेत रहेका सचिव चाैधरीले सच्चा कम्युनिष्टहरु सबै एकीकृत समाजवादी मै रहेकाे दाबी गर्दै समाजवादी क्रान्तिकाे लागि पार्टी गठन भएकाे वताए । अब समाजवादी क्रान्तिकाे समय आएकाेले दालाल, पुंजिवाद, नाेकर साहीकाे पक्षमा खडा भएकाहरुकाे विराेधमा आफुहरु लागेकाे वताए ।

पाेलिट ब्युराे सदस्य रामचन्द्र साहले पार्टीमा युवाहरुकाे आवश्यकता रहेकाे र पार्टीकाे निती पनि साेही अनुसार रहेकाेले पार्टीमा युवाहरुलाई लाग्न आग्रह गरे । उनले पार्टीमा युवाहरुलाई ४० प्रतिशत स्थान दिने पार्टीकाे निती रहेकाे वताए ।

पार्टीकाे पर्सा जिल्ला इन्चार्ज समेत रहेका साहले लामाे समयपछि पार्टीकाे बहुमतकाे सरकार केपी ओलीकाे नेतृत्वमा बनेपनि उनले सरकारकाे नेतृत्व गरेकाे ३ बर्ष सम्म पार्टीकाे कुरा नसुनेका कारण विद्राेह गर्नु परेकाे वताए ।

पार्टीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरीकाे अध्यक्षतामा भएकाे भेलामा जिल्ला अध्यक्ष बाल गाेपाल थापा, प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव, किशाेरी कुशवाहा, जिल्ला सचिवालय सदस्य सुबादार यादव, शान्ति महर्जन, युवा विभागका जिल्ला इन्चार्ज अनिल पटेल लागायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

भेलाकाे मनाेज चाैधरीकाे अध्यक्षतामा १५१ सदस्यीय महानगर समिति गठन गरेकाे छ । नवगठित समितिकाे उपाध्यक्षमा मंजुर आलम र सचिव बृजलाल पासवान लगायतका चयन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...