Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा (एकीकृत समाजवदी)काे वीरगंज महानगर भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काे वीरगंज महानगर भेला शनिबार सम्पन्न भएकाे छ । राेयल पार्टी प्यालेसमा भएकाे भेलाकाे उद्घाटन पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीले गरेका थिए ।

नगर भेलालाई सम्बाेधन गर्दै सचिव चाैधरीले दलाल पुंजिवादकाे पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागेपछि पार्टी भित्र बिद्राेह गर्नु परेकाे वताए । उनले कम्युनिष्ट पार्टी र जनताकाे मुख्य सत्रुकाे पक्षमा नै केपी ओली नेतृत्वकाे पार्टी लागेपछि बिद्राेह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बनाउनु परेकाे वताए ।

उनले भने  “कम्युनिष्ट पार्टीमा व्यक्ति प्रधान हुँदैन, निति र संगठन प्रधान हुन्छ । तर अहिले एमालेमा व्यक्ति प्रधान भएका छन् । केपी ओलीले जे भन्छन्, त्यही हुन्छ ।” त्यही भएर एमाले कम्युनिष्ट पार्टी रहेने, त्यसैले नयाँ र सच्चा कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बनाउनु परेकाे वताए ।

भेलाका प्रमुख अतिथी समेत रहेका सचिव चाैधरीले सच्चा कम्युनिष्टहरु सबै एकीकृत समाजवादी मै रहेकाे दाबी गर्दै समाजवादी क्रान्तिकाे लागि पार्टी गठन भएकाे वताए । अब समाजवादी क्रान्तिकाे समय आएकाेले दालाल, पुंजिवाद, नाेकर साहीकाे पक्षमा खडा भएकाहरुकाे विराेधमा आफुहरु लागेकाे वताए ।

पाेलिट ब्युराे सदस्य रामचन्द्र साहले पार्टीमा युवाहरुकाे आवश्यकता रहेकाे र पार्टीकाे निती पनि साेही अनुसार रहेकाेले पार्टीमा युवाहरुलाई लाग्न आग्रह गरे । उनले पार्टीमा युवाहरुलाई ४० प्रतिशत स्थान दिने पार्टीकाे निती रहेकाे वताए ।

पार्टीकाे पर्सा जिल्ला इन्चार्ज समेत रहेका साहले लामाे समयपछि पार्टीकाे बहुमतकाे सरकार केपी ओलीकाे नेतृत्वमा बनेपनि उनले सरकारकाे नेतृत्व गरेकाे ३ बर्ष सम्म पार्टीकाे कुरा नसुनेका कारण विद्राेह गर्नु परेकाे वताए ।

पार्टीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरीकाे अध्यक्षतामा भएकाे भेलामा जिल्ला अध्यक्ष बाल गाेपाल थापा, प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव, किशाेरी कुशवाहा, जिल्ला सचिवालय सदस्य सुबादार यादव, शान्ति महर्जन, युवा विभागका जिल्ला इन्चार्ज अनिल पटेल लागायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

भेलाकाे मनाेज चाैधरीकाे अध्यक्षतामा १५१ सदस्यीय महानगर समिति गठन गरेकाे छ । नवगठित समितिकाे उपाध्यक्षमा मंजुर आलम र सचिव बृजलाल पासवान लगायतका चयन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...