Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाल दलित मुक्ती संगठन पर्साको भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ती संगठन पर्साको जिल्ला भेला शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजकाे लिंक राेडस्थित हाेटल कुमु प्यालेसमा भएको भेलाले सुशील हजराको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

नवगठित दलिती मुक्ती संगठन पर्साको उपाध्यक्ष अमरदेव पासवान, जयमती राम, सचिव साधु राम, सह सचिव सुरेश महतो तत्वा, मुकेश महरा, सदस्यहरु अशोक महतो, बिन्दा पासवन, भुलन हाजरा, भुलन राम, शोभा देबी राम, धनजय राम, कन्हैया राम, रामबाबु राम, बिपनि महरा, सनि पासवान, प्रकाश महरा, सकुन्तला पासवान, सुनरी राम, पतिया देबी राम, शारदा देवी राम, काेशिला देबी राम, मैना देवी राम, सुनिल राम, विकास बैठा, राजकुमारी देवी राम लगायतका रहेका छन् ।

समितिकाे घाेषणा नेपाल दलित मुक्ती संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले गरेका थिए । समितिकाे घाेषणा गर्दै पार्टीकाे जिल्ला सचिवालय सदस्य समेत रहेका इन्चार्ज पासवानले ५१ सदस्यीय समिति मध्ये हाल ४३ जनाकाे चयन गरिएकाे र बाकी ८ जना पछि थप गरिने जानकारी दिए ।

भेलालाई सम्बाेधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचीव नागेन्द्र चौधरीले दलित मुक्तिकाे लागि संगठनले काम गर्नु पर्ने वताए । उनले कानुनी रुपमा सबै जातिकाे बराबरी अधिकारी रहेकाे लागे आफ्नाे अधिकारीकाे लागि दलित आफै अगाडी आउनु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सचिव चाैधरीले भने “दलित समुदायबाट पनि सांसद, मन्त्री, मुख्य मन्त्री बन्नु पर्छ । त्यसकाे लागि गाउँ गाउँमा बुझाउनु पर्छ ।”

पाेलिट ब्युराे सदस्य रामचन्द्र साहले दलित समुदायकाे विकासकाे लागि चेतना जरुरी रहेकाे वताए । उनले चेताना र शिक्षाकाे साथै संगठित भए दलित समुदायकाे विकास हुने वताए ।  

प्रभु पासवानको अध्यक्षतामा भएकाे भेलामा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष श्री प्रसाद पासवान, पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, प्रदेश सदस्य किशोरी कुशवाहा, जिल्ला सचिव बिक्रम चौरसिया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जिल्ला सचिवालय सदस्य सुभादार यादव, जिल्ला सदस्य एवम् पकहा मैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवान लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...