Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

वीपिसीकाे बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज पब्लिक कलेजले बिहिबार आयाेजनाकाे गरेकाे कक्षा १२ का विद्यार्थीहरुकाे बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ । हाेटल भिस्वामा भएकाे कार्यक्रमकाे उद्घाटन रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष साहले जीवन सफल बनाउ मिहनेत र परिश्रम जरुरी रहेकाे वताए । किताबी ज्ञानले मात्र जीवन सफल नहुने बताउँदै अध्यक्ष साहले अतिरिक्त ज्ञान पनि उतिकै जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष साहले चाहना अनुसार विषय राेजेर अध्ययन गर्नु पर्ने सुझाए । उनले पढेलेखेपछी आफ्नै देशमा स्वरोजगार बनेर सेवा गर्नु पर्ने कुरामा जोड दिए ।

टिभि वीरगंजका अध्यक्ष समेत रहेका साहले कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफ्नाे जीवनकाे सफलताकाे बारेमा पनि सुनाएका थिए । 

कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यकाे सभापतित्वमा भएकाे कार्यक्रममा वीरगंज पब्लिक कलेजबाट नै अध्ययन गरेका मेघा बैंक आदर्शनगर शाखाका प्रबन्धक बेलाल अहमदलाई सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा लुम्बनी इन्सुरेन्स प्रदेश नं. २ का संयाेजक निशान्त लामिक्षाने, एभरेष्ट इन्सुरेन्स वीरगंजका प्रबन्धक मन्दिप प्रधान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य वीरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...