Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

भाेजपुरी फिल्म “बिहार से काठमाडाैं” काे सुटिङ शुभारम्भ

spot_img
spot_img

वीरगंज । भाेजपुरी फिल्म “बिहार से काठमाडाैं” काे सुटिङ सुभारम्भ भएकाे छ । वीरगंजका अभिनेता प्रदेशी साह र काठमाडाैंकी अभिनेत्री एलिना बास्काेटाकाे मुख्य अभिनय रहेकाे फिल्मकाे सुटिङ बुधबार एक कार्यक्रमकाे बिच सुभारम्भ गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघकाे सभा हलमा भएकाे शुभारम्भ समाराेहका प्रमुख अतिथी नेशन मेडिकल कलेजका निर्देशक बसरुदिन अन्सारीले फिल्मले भाेजपुरी भाषाकाे प्रबर्द्धन हुने वताए । उनले “बिहार से काठमाडाैं” नाम राखिएकाे भाेजपुरी फिल्मले भारत र नेपाल बिचकाे राेटी बेटीकाे सम्बन्ध प्रागाढ समेत बनाउने वताए ।

काठमाडाैं मेडिकल कलेजका निर्देशक समेत रहेका अन्सारीले फिल्म सुटिङकाे लागि आवश्यकता परे कलेज पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले वीरगंजका प्राेडुसरहरुकाे मुख्य लगानीमा निर्माण हुने फिल्मबाट यहाँका स्थानिय कलकारहरुलाई माेका दिनु पर्ने वताए ।

आशुताेष फिल्म प्राेडुसन प्रा.लि., नमस्ते नेपाल इन्टरटेनमेन्ट र वीरगंजका व्यवसायी नविन कुमार अग्रवालद्वारा निर्माण भइरहेकाे फिल्मकाे निर्देशक नारायण दत उपाध्याय रहेका छन् भने प्राेडुसरहरुमा वीरगंज कै किरण सरकार र गाेपाल पाैडेल रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...